+
+

नेपाली महिला समाज कतारले तीज मनाउने

दोहा । नेपाली हिन्दुनारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर महिलाहरुको एकमात्र संस्था नेपाली महिला समाज कतारले तिज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १० गते ७:२५

mahila samaj qatarघनश्याम पराजुली (कृष्ण)

दोहा । नेपाली हिन्दुनारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर महिलाहरुको एकमात्र संस्था नेपाली महिला समाज कतारले तिज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी १८ सेक्टेम्बर २०१५ शुक्रबारका दिन सल्वारोड स्थित क्वालिटी हाईपर मार्केटको सभाहलमा दर समेत खुवाउने कार्यक्रम रहेको छ ।

नेपाली महिला समाजको चौथो प्रस्तुती रमाईलो तीज कार्यक्रमका लागि नेपालबाट अतिथि कलाकार लोकदोहोरी गायिका जानकी तारमीमगर कतार आउने भएकी छन् । उनको बजोड प्रस्तुतीसँगै नेपाली महिला समाज कतारका कलाकारहरु लगायतकाको सांगितीक प्रस्तुती रहने भएको छ ।

कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि दुई चरणमा विभाजन गरिने भएको छ । पहिलो चरणको कार्यक्रममा उद्घाटन तथा शुभकामना साथै अर्को चरणमा बेजोड सांगितीक प्रस्तुतिहरुले उपस्थित दर्शकहरुलाई मनोरन्जन दिईने छ । हरेक बर्ष जस्तै यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि कतारमा कार्यरत सबैमा उपस्थिति भई तीज मनाउन संस्थाका अध्यक्ष रेखा राईले अनुरोध गरेकी छन् ।

कार्यक्रममा कतारका कलाकारहरु कुमारी बस्नेत, शान्ती तामाङ्ग, मनिषा तामाङ्ग, रोशनी राई, रिया थापा, वषर्ा केसी, संगिता गुरुङ्ग, निर्मला तामाङ्ग, शारदा बिक र माया तामाङ्ग लगायतको प्रस्तुती रहने छ । कार्यक्रममा उपस्थित भई गायन तथा नृत्य प्रस्तुतिको मनोरन्जन लिन सकिने छ ।

शुक्रबार विहान ११ बजेबाट शुरु हुने रमाईलो तीज कार्यक्रमलाई संस्थाका कोषाध्यक्ष सुष्मिता भुषालले संयोजकको भुमिका निभाउने छिन् । कार्यक्रममा दर समेत खुवाउने भएको हुदा पुरुषका लागि प्रतिव्यक्ति ७० रियाल र महिलाहरुको लागि प्रतिव्यक्ति ३० रियाल प्रवेश शुल्क तोकिएको छ ।

नेपाली महिला समाजको चाहाना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना भन्ने मुल नाराका साथ बि.स. २०६९ सालमा नेपाली महिला समाज कतारको स्थापना भएको हो । यस संस्थाले कतारका विभिन्न सामाजिक अभियानहरुमा छोटो समयमा नै उलेख्य फड्को मार्दै महिला कामदारहरुको हक हित र अधिकारका लागी आवाज उठाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?