Comments Add Comment

महोत्तरीमा सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकी हटाइयो

१० भदौ, गौशाला । महोत्तरी जिल्लाका विभिन्न स्थानमा रहेका सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकीहरु हटाइएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका अनुसार जिल्लाको बखरीचोक, मटिहानीचोक, मनरा, टिकुलिया, लक्ष्मीनियाँ, भिठ्ठामोड र सीमा क्षेत्रमा रहेका पाँच सुरक्षा चौकीहरु हटाइएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेले मधेस आन्दोलन र सुरक्षाका दृष्टिकोणले ती चौकीलाई हाल ठाउँ ठाउँबाट हटाएर सम्बन्धित ‘बोर्डर आउटपोस्ट’मा गाभिएको बताए ।

अनिश्चितकालीन मधेस बन्द गरेर आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मार्चाका कार्यकर्ताहरुले मङ्गलबार बिहान सशस्त्र प्रहरीका बखरीचोक र मटिहानीचोकस्थित दुईवटा सुरक्षा चौकी जलाइदिएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment