Comments Add Comment

कांग्रेस नेता बादलको हत्याका चार आरोपी सार्वजनिक

Badal-mudur-case

सन्देश श्रेष्ठ

१० भदौ, पोखरा । नेपाली कांग्रेस कास्कीका नेता रामजी पौडेल बादलका हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले घटनामा संलग्नहरुलाई भगाउन सहयोग गरेको आरोपमा पाँच जनालाई पनि पक्राउ गरेको छ । 

बादलको हत्यामा संलग्न रहेको आरोप लागेका लेखनाथ-१६ घर भई लेखनाथ १२ मा बस्ने ३० वर्षीय राजु रानाभाट, सात मुहाने देउराली घर भई लेखनाथ १३ मा बस्ने २० वर्षीय बले गुरुङ भनिने अशोक गुरुङ, लेनपा-१२ का २५ वर्षीय विश्वास गौतम र लेखनाथ-१३ तल्लो गगनगौंडाका ३० वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए ।

घटनाका अर्का मुख्य आरोपी २४ वर्षीय रविन केसी भने अझै फरार छन् ।

घटनामा संलग्न भएकाहरुलाई भगाउन भूमिका खेलेको भन्दै प्रहरीले तनहुँ शुक्ला गण्डकीका चन्द्रबहादुर थापा, नवलपरासीका भरत पौडेल, नवलपरासीकै मिनबहादुर घले, स्याङ्जा विचारीचौताराका रविन क्षेत्री र कपिलबस्तु घर भई रुपन्देही बस्ने बिरेन्द्रकुमार रानामगरलाई पनिपक्राउ गरेको छ ।

गौतमलाई भारतबाट पक्राउ गरी रुपन्देही हुँदै कास्की ल्याइएको हो । घटनापछि भारत पुगेका उनलाई भारतीय प्रहरीको समन्वयमा पक्राउ गरिएको हो ।

अर्का अभियुक्त प्रकाश गुरुङलाई पोखराबाट पक्राउ गरिएको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको र केहीलाई पक्राउ गर्न बाँकी रहेको पालले बताए । पक्राउ परेकाहरुले अभियोग स्वीकार गरेका छन् ।

हत्याको आरोपमा लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेलाई प्रहरीले पक्राउ गरेको भएपनि सार्वजनिक भने गरेन । प्रहरीका अनुसार अहिलेसम्मको अनुसन्धानले लामिछाने घटनामा सम्लन्न भएको देखिएको छैन ।

घटनामा प्रत्यक्ष सहभागी भएका सबै पक्राउ परेपछि लामिछानेको संलग्नता भए/नभएको थाहा हुने प्रहरीले बताएको छ ।

कांग्रेस नेता पौडेलको गत साउन २८ गते राति गगनगौंडामा आफ्नै कार्यकर्ताले हत्या गरेका थिए ।

पत्रकार सम्मेलनमा एसपी पालले अभियुक्तलाई छुटाउन दबाव नआएको दावी गरे । उनले भने-मेरो कल डिटेल हेरे हुन्छ, आरोपीलाई छुटाउन कसैको दवाव आएको छैन, जगन्य अपराधमा मुछिएकालाई दबाव आएपनि छोड्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment