Comments Add Comment

तोलामा सय रुपैयाँ बढ्यो सुन

११ भदौ, काठमाडौं । दुई दिन लगातार घटेको सुनको भाउ शुक्रबार सामान्य बढेको छ । आज नेपाली बजारमा सुनको तोलाको सय रुपैयाँ मात्र बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Gold Silver market  Newroad Kathmandu (1)

शुक्रबार छापावाल सुन तोलाको ५० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार छापावाल सुनको मूल्य प्रतितोला ५० हजार पाँचसय रुपैयाँ थियो । सुनको मूल्य बुधबार तोलामा ८ सय र हिजो ५ सय रुपैयाँले घटेको थियो ।

यस्तै तेजाबी सुनको मूल्य ५० हजार तीनसय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यमा पनि तोलाको पाँच रुपैयाँ बढेको छ । विहीबार तोलाको ६ सय ७० रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment