Comments Add Comment

मुम्बईमाथि पञ्जाबको सहज जित

काठमाडौं । केएल राहुलसँगै शीर्ष क्रमको ब्याट्सम्यान चल्दा किङ्गस इलाभेन पञ्जाबले आईपीएलमा मुम्बई इण्डियन्समाथि ८ विकेटको सहज जित हात पारेको छ । तीन खेलमा पञ्जाबको यो दोस्रो जित हो भने मुम्बईको दोस्रो हार ।

मुम्बईले दिएको १७७ रनको लक्ष्य पञ्जाबले १८.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि केएल राहुलले क्रिस गेलसँग ५३ रनको साझेदारी गरे । गेल ४० रनमा आउट भए ।

राहुलसँग ६४ रनको साझेदारी गरेका मयांक अग्रवाल व्यक्तिगत ४३ रनमा आउट भए । राहुलले डेभिड मिलरसँग मिलेर खेल जिताए । उनी ७१ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसको पनि सुरुवात राम्रो थियो । रोहित शर्मा र क्विन्टन डिककले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । शर्मा ३२ रनमा आउट भए ।

सूर्यकुमार यादव ११ रनमा आउट भए । तेस्रो विकेटका लागि डिककले युवराज सिंहसँग ५८ रनको साझेदारी गरे । डिकक ३९ बलमा ६० रन बनाएर आउट भए ।

हार्दिक पाण्डेयले ३१ रन बनाए पनि अरु ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment