Comments Add Comment

आन्दोलनमा लाठी, भालासहितका घरेलु हतियार प्रयोग दण्डनीय : प्रहरी

११ भदौ, काठमाडौं । नेपाल प्रहरीले प्रदेशहरुको सीमांकनको विरोधमा देशका विभिन्न स्थानमा भइरहेको आन्दोलनमा लाठी, भला, बन्चरो जस्ता घरेलु हतियार प्रयोग भएको पाइएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रहरीले शान्ति सुरक्षा खलबल्याउने कार्यहरु नगर्न सबैलाई अपील समेत गरेको छ ।

प्रहरी प्रवक्ता कमल सिंह बमले शुक्रबार विज्ञप्ति जारी गरी शान्ति सुरक्षा र अमनचयन भंग हुने गरी भेला, बन्चरो, लाठी, भरुवा बन्दुक जस्ता घरेलु हतियारसहित जुलुसमा सहभागी भएको पाइएको उल्लेख छ ।

साथै बालबालिका प्रयोग भएको, मुलुकको सार्वभौमसत्ता, अखण्डता र जतीय सद्भाव खलल गर्ने भ्रमपूर्ण अभिव्यक्ति वा लेखहरु प्रकाशित तथा प्रसारित भइरहेको पाइएको समेत प्रहरीले बताएको छ ।

Nepal-Police

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment