Comments Add Comment

६ वटाबाहेक अरु पोष्ट सारिएको छैन : सशस्त्र

११ भदौ, काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न ६ ठाउँमा रहेको सुरक्षा वेस तथा अस्थायी पोष्टमा कार्यरत सशस्त्र प्रहरीलाई संवेदनशील स्थानमा परिचालन गरिएको बताएको छ । तर, अन्यत्र भने पोष्ट नसारिएको उसले बताएको छ ।

APF-logo-Finalमहोत्तरीको लक्ष्मिनिया र सर्लाहीको लच्कामा रहेको अस्थायी पोष्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई अन्य एपीएफ इकाईमा खटाइएको छ ।

जंगलको बीचमा रहेको ठाउँहरुमा सामान्य छाना लगाई घाम र पानीबाट जोगिनेगरि अस्थायी पोष्ट बनाएर उक्त जंगलक्षेत्रमा ड्युटी गर्नेगरी राखिएकोमा अहिले सवारी आवागमनको चाप नभएको कारण अन्यत्र संवेदनशील ठाउँमा परिचालन गरिएको सशस्त्रले बताएको छ ।

सिरहाको सुरक्षा वेस चिकनाभेडिया र भवननिर्माण सुरक्षा वेस कर्जना सिरहा तथा सप्तरीको सुरक्षा वेस हनुमाननगर सप्तरी र रौतहटको चपुरमा रहेको फरवर्ड बेसमा रहेका सशस्त्र प्रहरी कर्मचारीलाई अन्य एपीएफ इकाईमा तैनाथ गरिएको छ । यी सुरक्षा वेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई स्थिति सामान्य भएपछि पुनः सोही युनिटमा तैनाथ गरिनेछ ।

सुरक्षा चुनौतीलाई ध्यानमा राखेर कम चुनौतीपूर्ण ठाउँ तथा ५/७ जनाको संख्यामा नियमित ड्युटी गर्नेगरी खटिएकाहरुलाई अन्यत्र सारिएको हो । यी ६ वटा वाहेक हालसम्म अन्य कुनैपनि युनिटलाई अन्यत्र सारिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment