Comments Add Comment

नेपाल अफगानिस्तानसँग १० विकेटले पराजित

Nepal-Vs-Afgan-cric

१२ भदौ, काठमाडौं । एसीसी यू-१९ पि्रमियर लिग क्रिकेटमा नेपालले अफगानिस्तानसँग १० विकेटको हार व्यहारेको छ ।

नेपालले पहिलो खेलमा यूएईलाई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । अफनिस्तानविरुद्ध नेपालको ब्याटिङ र बलिङ दुबै चल्न सकेन ।

नेपालले प्रस्तुत गरेको १२४ रनको सामान्य लक्ष्य अफगानिस्तानले केवल २५ ओभरमा विना विकेटको क्षतिामा पुरा गर्‍यो ।

अफगानिस्तानका ओपनरद्धय नसिर खान र हजरातुल्लाहले पहिलो विकेटका लागि अविजित १२७ रनको साझेदारी गरे । नसिर खान ५७ र हजरातुल्लाह ६८ रनमा अविजित रहे ।

यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाउन सक्यो ।

नेपालको सुरुवात निकै खराब रहृयो । ओपनर सन्दिप सुनार दोस्रो ओभरको पहिलो बलमै डक आउट भएपछि नेपाल सुरुवातदेखि नै दबावमा पर्‍यो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राजवीर सिंह पनि डक आउट भए भने आरिफ शेख मात्र २ जोडेर पभेलियन फर्किँदा नेपालको स्कोर मात्र ४ रन थियो ।

Nepal-U-19-Cric

पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका कप्तान राजु रिजाल २२ बलमा मात्र १ रन जोडेर आउट भए ।ओपनर सुनिल धमला मात्र क्रिजमा टिकिरहे । धमलाले योगेन्द्र सिंह कार्कीसँग पँचौ विकेटका लगि ५८ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाल्ने प्रयास गरे । धमला पाँचौ विकेटका रुपमा ४६ रनमा आउट भए । ८६ बलको सामना गरेका उनले चार चौका हाने ।

नेपालले थप एक रन पनि नजोड्दा काकीे २० रनमा आउट भए । शौरभ खनाल २ रनमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले १० रन जोडे । नवौं विकेटका लागि प्रेम तामाङ र सुशील कडेँलले २९ रनको साझेदारी गरे । प्रेमले २० रन बनाए भने कँडेल ४ रनमा आउट भए । दिपेश श्रेष्ठ शून्यमा अविजित रहे ।

अफगानका रहमान र मालाकेजइले समान ३-३ विकेट लिए भने नभिन उलहकले २ विकेट हात पारे ।

नेपालले आफ्नो तेस्रो खेलमा सोमबार घरेलु टोली मलेसियासँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment