Comments Add Comment

आन्दोलन रोक्न प्रधानमन्त्रीले गरेको आग्रह दलित अगुवाद्वारा अस्वीकार

Pm-With-Dalit-leader

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र आन्दोलनरत दलित अगुवाहरुबीच वार्ता भएको छ । शनिबार विहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले आन्दोलन रोक्न दलित अगुवाहरुलार्इ आग्रह गरेका थिए ।

संविधानमा सबैको विचार र मागलाई कसरी समेट्नु चुनौतिपूर्ण भएको भन्दै कोइरालाले भने-संविधान आपसी सम्झौताको दस्तावेज हो । फरक फरक विचार र आस्था भएका पार्टीहरु भएकोले यसमा सबैका सबै माग समेटिन सम्भव छैन ।’

महिला र दलितको प्रतिनिधित्वलाई सुनिश्चित गर्न आफू चिन्तित रहेको भन्दै कोइरालाले सम्झौता गर्न प्रस्ताव गरेका थिए ।

जवाफमा दलित नेताहरुले राज्यको प्रत्यक्ष संरचनामा समानुपातिक प्रतिनिधित्व सुनिश्तिम गर्नु पर्ने र मौलिक हकलाई थप प्रष्ट पार्नु पर्ने माग गरेका छन् ।

‘प्रधानमन्त्रीले चार दलसँग छलफल गर्छु, आन्दोलन रोक्नुस् भन्नुभयो’ कांग्रेस सभासद मीन विश्वकर्माले भने-‘हामीले चार दलसँग सल्लाह गरेर वार्तामा बोलाउनुस् । तर, अहिले नै आन्दोलान रोक्दैनौं भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment