Comments Add Comment

अमेरिकापुगेर गाउँमा सञ्चै भएको सन्देश दिंदै सुनिता

sunita-dulal

काठमाडौं । तीज कार्यक्रमका लागि अमेरिका पुगेकी सुनिता दुलाल यसपाली पोहोर जत्तिकै रमाउन सकिनन् । जबकि अमेरीकी चमकधमकमा कत्ति पनि फरक छैन ।

अग्ला घर, चिल्ला सडक, सुकिला मान्छे र ब्यस्त जीबनशैली अमेरिकाको हरेक शहरमा देखिन्छ । त्यहाँ बस्ने नेपालीहरुको मन भने राम्ररी रमाएको छैन । अझै भूकम्पको त्रासले वेला वेलामा झस्काउाछ ।

सुनिताकै भनाइमा नेपालमा गएको विनाशकारी भूकम्पले अमेरिकामा बस्ने धेरै नेपालीहरुलाई पनि चिन्तित बनाएको छ । ‘हरेक नेपालीसँग भेट भएपछि पहिलो प्रश्न गरिहाल्नु हुन्छ अहिले नेपालको स्थिती कस्तो छ ?’ अनलाइनखबरसँग कुरा गर्दै सुनिताले भनिन् ।

हरेक वर्ष यो सिजनमा अमेरिका जाने गरेकी सुनिता यसपाली पनि साङ्गीतिक प्रस्तुतिकै लागि गएकी हुन् । नेपाली एसोसिएसन अफ नर्थ क्यालिफोर्नियाको वमन फोरमले आयोजना गरेको कार्यक्रममा आफ्नो प्रस्तुति दिएकी सुनिताले सानफ्रान्सीस्को, क्यालिफोर्निया लगायत अन्य केही राज्यमा गीत गाउनेछिन् ।

तीज कार्यक्रमकै लागि यसपाली उनी क्यानडा पनि जाने भएकी छिन् । अर्को एउटा कार्यक्रमको लागि सेप्टेम्बरको तेस्रो हप्ता इजरायल जाने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment