काठमाडौं । एक साधारण युवा जब असाधारण काम गर्छन्, तब सबैको ध्यान उसैमाथि जान्छ ।
भारत गुजरातका २२ वर्षका नयाँ नेता हार्दिक पटेल एक साधारण मध्यम वर्गको व्यापारिक परिवारका हुन् । यस्तो परिवारको पुरा जिन्दगी गुमानम हुन्छ ।
हार्दिक पटेलले पनि अहिलेसम्म गुमनामी जीवन विताएका थिए । उनको परिवार र छिटमी उनको राजनीतिक उदयमा हैरान छन् तर, सुखी पनि छन् ।
अहिले गुजरातमा पटेल समुदायका लागि रोजगारीमा आरक्षणको माग गर्दै भइरहेको आन्दोलनको नेतृत्व हार्दिक पटेलले गरेका छन् ।
मुस्किलले बीकम पास
उनलाई अहिले पटेल समुदायको हिरोका रुपमा हेरिएको छ । उनी बीकम ५० प्रतिशतभन्दा कम अंकका साथ पास गरेर घरमा बसिरहेका थिए । कुनै जागिर थिएन । भविश्य उज्वल भएको देखिरहेका थिएनन् ।
उनको परिवार र छिमेकीका अनुसार रातारात लोकप्रिय नेता बनेपनि हार्दिक पेटलमा कुनै परिर्वतन देखिएको छैन । यसका बावजुत आज पटेल समुदायको मसिहा बनेका छन् ।
मोदी पनि गुमनाम थिए
हार्दिक पटेलको परिवार र छिमेकी तर्क गर्छन् कि नरेन्द्र मोदी पनि राज्यको मुख्यमन्त्री बन्नुअघि गुमनाम थिए । तर, मोदी भारतीय जनता पार्टीका महासचिव भइसकेका थिए ।
हार्दिक पटेलले त राजनीतिको पहिलो पाइला पनि चालेका छैनन् । तर, उनी एक हदसम्म सफल भइसकेका छन् । आज गुजरातमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहपछि कुनै चर्चित अनुहार छन् भने त्यो हार्लिक पटेल हुन् ।
तर, अझै पनि मानिसहरु हार्दिक पटेललाई राम्रो मान्दैनन् । अहमदावादबाट ६० किलोमिटर टाढा विराम गाउँ बाक्लो बस्ती छ । जहाँ उनको पक्की घर छ । गुजराजमा पटेलको अगुवाइमा जति चर्को नारा लागिरहेको छ, त्यसको ठिक विपरित उनको घरको वातावरण शान्त छ ।
उनकी आमाका अनुसार हार्दिक पढाइमा कमजोर थिए । उनले भनिन्-‘बाल्यकालमा उनी खराव थिए । पढ्ने बेला केवल क्रिकेट मात्र खेल्थे । हामीलाई भविश्यमा यसले के गर्ला भनेर चिन्ता हुथ्यो ।’
हार्दिककी दिदी मोनिका स्कुल र कजेलमा कम अंक ल्याउने आफ्ना भाइ आज पटेल समुदायको नेता बनेकोमा गर्व गर्छिन् । उनले भनिन्-‘जब टीभीमा हेर्छु, म र आमा-बुबा खुसी हुनुहुन्छ । गर्व महसुस हुन्छ ।’
उनका अनुसार हार्दिक पटेल पढाइमा कमजोर थिए । तर, क्रिकेटमा निकै तेज थिए । स्कुलमा उनी ब्याट्सम्यान थिए ।
हार्दिकले अध्ययन गरेको सरकारी स्कुल केवी शाह विनय मन्दिरका पि्रन्सिपल अल्केश भन्छन्-‘हार्दिकको पर्सनालिटीमा लिडरसिपको झलक देखिन्थ्यो ।’
बीबीसी हिन्दीबाट