Comments Add Comment

नौ दिनदेखि बागलुङ बन्द, जनजीवन कष्टकर

१४ भदौ, बागलुङ । विभिन्न पक्ष र समूहले गरेको लगातार नौ दिनको बन्दले बागलुङ जिल्लाको जनजीवन प्रभावित बनेको छ । जनजातिको बन्दपछि बागलुङ टुक्राइएको विरोधमा आन्दोलन जारी छ ।

Akahanda-Baglung-Aandolan
बागलुङ टुक्राइएको विरोधमा महिलाहरूले रित्ता थालसहित गरेको प्रदर्शन

मगरात स्वायत्त प्रदेशको माग गर्दै पहिचान पक्षधरले सोमबार मगरात क्षेत्र बन्द गर्दा बाग्लुङबासी थप मारमा परेका छन् । नौ दिनदेखिको जिल्ला बन्दले जनजीवन अस्तव्यस्त बन्दै गएको छ । बजार, व्यवसाय, कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प छन् । अत्यावश्यक कामले सदरमुकाम आउनुपर्ने यात्रुहरु पैदल हिँड्न बाध्य छन् ।

सरकारी कार्यालयमा सुरक्षाकर्मीको पहरा

सरकारी कार्यालय सुरक्षाकर्मीको पहरामा खुले पनि सेवाग्राही नआउँदा सुनसान बनेका छन् । बन्दले शिक्षण संस्थामा नराम्रो असर पारेको छ । हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । विद्यालय खुलाउन दबाब दिइए पनि आन्दोलनरत पक्षले त्यसलाई स्वीकारेका छैनन् ।

पोखरा, काठमाडौं, बुटवललगायतका क्षेत्रमा पुगेका बागलुङवासी यातायात नचलेपछि जिल्ला भित्रन पाएका छैनन् । चाडबाडका मुखमा भएको बन्दले विदेशबाट आउने तयारी गरेका आफन्तजन पनि अलमलमा परेका छन् ।

खाद्यान्न अभाव

जिल्लामा सामानको ढुवानी नै रोकिएपछि दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ । गरिखाने वर्ग सबभन्दा बढी बन्दको मारमा छन् ।

उता, अखण्ड बागलुङको मागसहित जिल्ला बन्द छ । सात प्रदेशको सीमांकनमा बागलुङलाई दुई प्रदेशमा टुक्राइएपछि जिल्लाभर आन्दोलन उठेको छ ।

प्रधानमन्त्रीलगायत प्रमुख दलका नेताले जिल्ला नटुक्राउने आश्वासन दिए पनि लिखित र प्रक्रियासम्मत रुपमा नसच्चिएसम्म आन्दोलन नरोकिने नेपाली कांग्रेस बागलुङका कार्यवाहक सभापति जगदीशचन्द्र उपाध्यायले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment