+

साफ च्याम्पियन यू-१९ टोलीका सदस्यलाई जनही २ लाख दिने एन्फाको निर्णय

२०७२ भदौ  १५ गते १९:२७ २०७२ भदौ १५ गते १९:२७
साफ च्याम्पियन यू-१९ टोलीका सदस्यलाई जनही २ लाख दिने एन्फाको निर्णय

Nepal-U-19-Champion

१५ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले प्रत्येक खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । एन्फाले खेलाडीहरुको सम्मानका लागि आफूसँग आवद्ध ४५ जिल्लाबाट एक लाख रुपैयाँ संकलन गर्ने बताएको छ ।

साथै खेलाडीहरुलाई प्रोत्साहनका लागि कर्पोरेट हाउसहरुलाई आग्रह गरिने एन्फाले जनाएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न यू-१९ साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपालले दुई दशकपछि अन्तराष्ट्रिय फुटबलको उपाधि उचालेको थियो ।

एन्फाले अदालतको आदेश अनुसार भोलि १६ गतेका लागि तय भएको साधारणसभा स्थगित गरेको छ । अर्को मितिपछि तय गरिने उसले बताएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय