Comments Add Comment

त्रिवि शिक्षण अस्पतालमा ओपिडी सेवा बन्द, विरामी मर्कामा

१६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीका समर्थकहरुले बुधबारदेखि ओपिडी सेवा बन्द गर्दा विरामीहरु मर्कामा परेका छन् ।

Teaching-hospitalकेसीका माग सम्बोधन गर्न सरकारलाई दबाव दिने उद्देश्यले शिक्षण अस्पताल महाराजगञ्जका फ्याकल्टी डाक्टरहरुले ओपिडी सेवा बन्द गरेका हुन् ।

फ्याकल्टी डाक्टरहरुले नयाँ बिरामीहरुको उपचार नगरेर फलोअपका लागि आउने विरामीहरुको मात्रै उपचार गरेका छन् ।

यसबाट कम खर्चमा उपचार खोज्दै सरकारी अस्पताल जाने नयाँ बिरामीहरु मर्कामा परेका छन् । उनीहरु महंगो शुल्क तिरेर निजी अस्पताल वा क्लिनिकमा जान बाध्य छन् ।

त्रिवि शिक्षण अस्पतालमा करिब तीन सय फ्याकल्टी डाक्टरहरु छन् । उनीहरुले नयाँ विरामीको उपचार सेवा रोक्दा औषधि उपचार जस्तो अत्यावश्यक सेवा प्रभावित भएको छ ।

यसअघि आवासीय चिकित्सकहरुले पनि केसीको आन्दोलनमा समर्थन जनाउँदै काम बन्द गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment