+
+

नेपाली पढ्ने विद्यार्थीलाई शिक्षकले गल्ती सिकाएपछि….

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २० गते १८:३३

२० भदौ, काठमाडौं । नेपाली विषयका शिक्षकको त्रुटीपूर्ण अध्यापनबारे विद्यालयलाई अवगत गराउँदा एक अभिभावकले उल्टै खप्की खानुपरेको छ । ललितपुरस्थित स्टेपिङ स्टोन इन्टरनेसनल प्रि-स्कुलका प्रिन्सिपलले गल्ति महसुस गर्नुको सट्टा चेतावनीयुक्त जवाफ दिएका हुन् ।

Stepping-Stone-School

  • विद्यार्थीले गरेको गल्तीलार्इ पनि शिक्षिकाले सहि गरेकी छन् । जुन रातो घेरामा देखाइएको छ ।

सो विद्यालयमा तीन वर्षदेखि छोरालाई पढाइरहेकी लुमन्ती चित्रकारले अध्यापनका क्रममा शिक्षिकाहरुको लापरवाहीबारे पटक-पटक औंला उठाउँदै आएकी थिइन् ।

तर, प्रिन्सिपल मुना श्रेष्ठले ‘राम्रो स्कुलहरु अरु नि छन्’ भन्दै चेतावनी दिएको उनले बताइन् । सो प्रिस्कुलका शिक्षिकाले बच्चाले लेखेको गलत जवाफलाई सही भन्दै ठीक लगाएको प्रमाण समेत चित्रकारले उपलब्ध गराएकी छिन् ।

‘नेपाली शिक्षिकाले, मेरो छोराले गल्ती लेखेकोमा ‘राम्रो छ’ भनी रिमार्क गरेपछि प्रधानाध्यापिकासँग कुरा गरेँ । उहाँले एकदमै हल्का रुपले लिएर ‘यो नेपाली शिक्षिका उपस्थित नभएको दिनको हो’ भन्ने जवाफ दिनुभयो ।’

त्यसपछि उनलेे भाइबरमा सो प्रिस्कुलले खोलेको २० जनाको एक सानो कक्षा समुहमा आफ्नो कुरा र शिक्षिकाको गल्तीलाई राखिदिएकी थिइन् । यसपछि उक्त स्कुलबाट आफूलाई चेतावनीयुक्त पत्र पठाइएको चित्रकारले बताइन् ।

‘सामाजिक सञ्जालबाट स्कुलकोे अपमान गरेको भन्दै या लिखित माफी माग, या बच्चालाई स्कुलबाट निकाल’ भन्ने आशयको पत्र छ,’ उनले भनिन्, ‘मेरो छोरालाई पनि मानसिक तनाब दिने काम भएको छ । जसको कारण मेरो छोरा स्कुल जान मान्दैन ।’

यस विषयमा जिल्ला शिक्षा कार्यालय र अभिभावक संघमा याचनापत्र दायर गर्दा आजको मितिसम्म पनि सो प्रिस्कुल दर्ता नै नभएको पाइएको उनको भनाइ छ ।

यस विषयमा बुझ्न खोज्दा प्रिस्कुलकी प्रिन्सीपल मुना श्रेष्ठले फोन रिसिभ गरिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?