+
+

कलैयामा मारिएका अन्सारीको शव यात्रासहित अन्त्येष्टि

२० भदौ, कलैया । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा प्रहरीको गोली लागेर मारिएका कलैया-१० रगंपुरका हेफाजत मियाँ अन्सारीको शवयात्रासहित अन्त्येष्टि गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २० गते १७:२०

Hifajt-Ansari-Shab-yatra-at

सुभाषप्रसाद साह

२० भदौ, कलैया । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा प्रहरीको गोली लागेर मारिएका कलैया-१० रगंपुरका हेफाजत मियाँ अन्सारीको शवयात्रासहित अन्त्येष्टि गरिएको छ ।

मुस्लिम धर्मसँस्कृति अनुसार गाउँ नजिकैको ईदगाहमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि अघि कलैयाको भरत चोकबाट निकालिएको शव यात्रामा सैयौं सहभागि थिए । १९ वर्षीय अन्सारीको गत मङ्गलबार प्रहरीले प्रहार गरेको गोली लागेर मृत्यु भएको थियो ।

Hifajt-Ansari-Shab-yatra-at
शव यात्रामा सहभागीहरू

स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच अन्सारीलाई शहिद घोषणा र सम्मानको लागि गृहमन्त्रालयमा सिफारिस गर्ने आन्तरिक सहमति पछि परिवारका सदस्यहरुले उनको शव बुझेका थिए ।

आर्थिक अवस्था कमजोर भएका अन्सारी कलैयामा नाम चलेका अनुभवी साईकल मिस्त्री थिए । गरिबिकै कारण पढ्न नसकेर उनले साईकल मिस्त्रीको काम सुरु गरेका थिए ।

यो पनि पढ्नुस्

कलैयाका साइकल मिस्त्रीको बलिदानी केका लागि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?