Comments Add Comment

बन्द नगर्ने आफ्नै प्रतिवद्धता तोड्दैछौं : कमल थापा

Kamal Thapa

  • नयाँबानेश्वरको प्रदर्शनमा सडकमै बसेका अध्यक्ष कमल थापा लगायत

२० भदौ, काठमाडौं । राप्रपा नेपालले संविधानसभा निर्वाचनका बेला आफैले गरेको प्रतिवद्धता तोड्दै बन्द हड्तालको कार्यक्रम गर्ने भएको छ ।

आइतबार राप्रपा नेपालले बानेश्वरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले मुलुक नै डुब्न लागेकाले आफ्नै प्रतिवद्धता विपरीत बन्द हड्ताल गर्नुपर्ने अवस्था आएको बताए ।

तीन दलले धर्मनिरपेक्षतालाई यथावत राख्दै शनिवार संयुक्त संविधानको संसोधन प्रस्ताव ल्याएको विरोधमा राप्रपा नेपालले नयाँबानेश्वरमा प्रदर्शन गरेको थियो ।

सोमवार केन्द्रीय कार्यसमिति बैठक

सोमवार राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको आकस्मिक वैठक बस्ने र सोही वैठकले बन्दसहितको सशक्त कार्यक्रम ल्याउने अध्यक्ष थापाले उदघोष गरे ।

आफूहरुले शान्तिपूर्ण सत्याग्रहको आन्दोलन गर्दा नटेरेकाले आन्दोलन गर्न लागिएको थापाले बताए । ‘हामीले शान्तिपूर्ण रुपमा गरिएको सत्याग्रहलाई टेरिरहेका छैनन्,’ थापाले कार्यकर्ताहरुलाई हौसाउँदै भने, ‘आवश्यक पर्‍यो भने हामी निषेधित क्षेत्र तोड्न तयार छौं ।’

सैनिक शासनको वातावरण बनाइँदै

राप्रपा नेपालका अध्यक्ष थापाले प्रमुख तीन दलका कारण सैनिक शासनको आउने सम्भावना औंल्याए । संविधानको मस्यौदाको विरोधमा तराइका जनता सडकमा ओर्लिएपछि सेना पुलिस उतारेर दमन गर्न खोजिएको थापाले आरोप लगाए ।

‘सेना पुलिसको हातमा संविधान थमाएर पठाउन खोजिएको छ,’ थापाले भने, ‘सेना पुलिसलाई संविधान थमाएपछि भोलि तपाईँहरु (तीन दल) लाई नै प्रहार गर्नेछन् ।’ तीन दलले नै सैनिक शासनको वातावरण तयार गरिरहेको थापाले आरोप लगाए ।

राप्रपा नेपालको प्रदर्शन भिडियोमा हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment