+
+

पूँजीबार समान्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २१ गते १६:००
२१ भदौ काठमाडौं । सेयर बजार परिसूचक समान्य मात्रै बढेको छ । आइतबार २ दशमलव ७१ अंकले ओरालो लगेको बजार सोमबार भने ४ दशमलव २८ अंकले उकालो लाग्यो ।
पूँजी बजारमा कारोबार सुरु हुँदा ११ सय ६६ दशमलव ६९ अंकमा रहेको नेप्से बढेर ११ सय ७५ अंकसम्म पुगेपनि फेरी ओरालो लाग्दै ११ सय ७० दशमलव ९७ अंकमा आएर बन्द भएको हो । दिनभरमा एकसय ३३ कम्पनिका १७ लाख ९९ हजार कित्ता सेयर कारोबार भए ।
सोमबार ३६ करोड ४७ लाख रुपैयाँ बराबरका सेयर किनबेच भएको नेप्सेले जनाएको छ । बैंकिङ र वित्तीय समुह बाहेक सबै ओरालो लागे । बैंकिङ समुह १० दशमलव ५८ अंक बढ्दा वित्तीय समुह शुन्य दशमलव २ अंकले माथि आयो । टेलिकम सूचीकृत अन्य समुह ११ दशमलव ७४ अंकले घट्दा जलविद्युत समुह ६ दशमलव ६१ अंकले ओर्लियो ।
यसैगरी होटल समूह ४ दशमलव ८१, बीमा ३ दशमलव ६ र विकास बैंक समुह शुन्य दशमलव ४९ अंकले रातो भए । आज नेपाल ईन्भेष्टमेन्ट बैंक, नेश्नल लाईफ ईन्स्योरेन्स लगायतका कम्पनीका सेयर धेरै कारोबार भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?