+
+

मनिषा कोइरालाले भनिन्- राजसंस्था चाहियो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २३ गते १६:४३

२३ भदौ, काठमाडौ । अभिनेत्री मनिषा कोइरालाले नेपालमा राजसंस्थालाई उचित स्थान दिनु पर्ने भन्दै हिन्दुअधिराज्य कायम हुनुपर्ने माग गरेकी छिन् ।

manisha-koirala3

‘नयाँ संविधानका लागि हाम्रो सुझाब’ भन्दै उनले आफ्नो फेसबुक वालमा लेखेकी छिन् ‘राजसंस्थालाई पाखा लगाएर संविधान निर्माण गरिँदा राष्ट्रिय एकता खल्बलिनुका साथै नेपालको सार्वभौमसत्ता नै गुम्ने सम्भावना भएकाले राजसंस्थालाई उचित स्थान दिनु वाञ्छनीय छ ।’

मनिषा कोइरालाको फेसबुक वालमा सुझाब लेख्नेमा भने मनिषासँगै साहित्यकार नरेन्द्रराज प्रसाईको पनि नाम छ । उनीहरु दुबैले सुझाब दिँदै नेपाली राजसंस्थाले अढाइ सय वर्षसम्म राष्ट्रमा संरक्षकको भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

प्रसाईले राजसंस्थाका बारेमा बोल्न लगाएर मनिषालाई विवादमा तानेका हुन् । मनिषाको स्टाटसमा उनको भन्दा माथि प्रसाइको नाम उल्लेख छ ।

राजावादी मानिने साहित्यकार प्रसाईले एक समय मनिषा कोइरालाको बायोग्राफी लेख्ने योजनासमेत बनाएका थिए । अहिले उनले राजसंस्था चाहिन्छ भन्ने अभिव्यक्तिका लागि मनिषालाई सघाएका हुन् ।

नेपाल राष्ट्रले सनातन हिन्दुधर्मको संरक्षण र वैदिक संस्कृतिले नेपालको संरक्षण गर्दै आएको भन्दै मनिषाले भनेकी छिन् ‘नेपाली हिन्दुत्वले विश्वमा आफ्नै विशिष्ट पहिचान स्थापित गरिसकेको सन्दर्भलाई बिथोल्नु हुन्न ।’

नेपाली सेनालाई आगामी दिनमा शक्तिशाली बनाउनुपर्ने सुझाब दिएकी मनिषाले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक आयोगलाई बलियो बनाउनुपर्ने बताएकी छिन् ।

बीपी कोईरालाकी नातिनी मनिषा पूर्वमन्त्री प्रकाश कोइरालाकी छोरी हुन् । कुनै समय नेपाली कांग्रेसमा आवद्ध प्रकाश कोईराला पछिल्लो समय राजावादी भएका थिए । राजा ज्ञानेन्द्रको शासनकालमा मन्त्री समेत भएका कोइराला अहिले राजनीतिमा सक्रिय छैनन् ।

आफ्ना पिता शाही सरकारको मन्त्री बनेसँगै मनिाषाले त्यसबेलै पूर्वराजा ज्ञानेन्द्रको कदमलाई समर्थन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?