+
+

कांग्रेस र एमालेकै सभासद संविधानसभामा गएनन्

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २३ गते १४:२३

Ca meet

२३ भदौ, काठमाडौं । संविधानको मस्यौदा विधेयकमाथि दफाबार छलफल सुरु भएको दोस्रो दिन बुधबार सत्तापक्षकै सभासदहरुले समेत बैठकमा सहभागिता नजनाउँदा संविधानसभा रित्तो देखिएको छ ।

संविधानसभामा रहेका ११ वटा दलहरुले प्रक्रिया बहिस्कार गरेर बाहिरिए पनि प्रमुख दल कांग्रेस, एमाले र एमाओवादीका सभासदले संविधानसभा बहिस्कार गरेका छैनन् ।

तर, बुधबार बसेको बैठकमा कांग्रेस, एमाले र एमाओवादीकै अधिकांश सभासदहरु संविधानसभामा देखिएनन् ।

ऐतिहासिक चरणमा प्रवेश गरेको संविधानसभामा सत्तारुढ दलकै सभासदहरु उपस्थित नभएपछि बैठकस्थलमा प्रायः खाली कुर्सीहरुमात्रै देखिए । संविधानसभामा छलफल चलिरहँदा ५० सभासद पनि सहभागी छैनन् ।

केही सभासदहरुले विधेयकमाथिको छलफलमा भाग लिँदै खाली कुर्सीलाई भाषण सुनाइरहेको दृश्य वैरागलाग्दो देखिएको छ ।

राप्रपा नेपाल र मधेसवादी एवं थरुहट दलहरुले संविधानसभाको बैठक बहिस्कार गरेका छन् । तर, संविधानसभामा दुई तिहाइ मत रहेको दाबी गर्ने प्रमुख ३ दलका सभासद नै बैठकमा सहभागी नभएपछि संविधानसभा रित्तो देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?