+
+

मधेसी र थारु नेतालाई प्रचण्डको आग्रह- पार्टीको निर्णय मान्नुहोला

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २३ गते १७:३०

२३ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टीभित्रका मधेसी र थारु समुदायका नेताहरुसँग छलफल गरेका छन् । छलफलको अन्तिममा प्रचण्डले पार्टीको निर्णय मान्न आग्रह गरेका छन् ।

prachanda (5)
फाइल तस्वीर

‘तपाईहरुका कुरा सुनियो, सकेसम्म वार्ताको वातावरण बनाउने प्रयास गर्छौं’ प्रचण्डले थारु र मधेसी नेताहरुलाई भने-‘तर तपाईहरु पार्टीको निर्णय मानिदिनुहोला ।’

छलफलमा क्रममा पार्टीभित्रका थारु र मधेसी नेताहरुको कुरा सुनिसकेपछि प्रचण्डले संविधान निर्माणलाई रोक्न खोज्दा जटिल परिस्थिति आउने बताएका थिए ।

तैपनि संविधानसभाको प्रक्रियालाई केही दिन लम्ब्याएर वार्ताको वातावरण बनाउने विषयमा आएका सुझावबारे तीन दलमा छलफल गर्ने प्रचण्डले आश्वासन दिएको एक नेताले अनलाइनखबरलाई बताए ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा भएको छलफलमा एमाओवादीका मधेसी मूलका नेताहरुले वार्ताको वातावरण बनाउन प्रचण्ड र बाबुराम भट्टराई लगायतका नेताहरुसँग आग्रह गरेका थिए ।

एमाओवादी नेताहरुले संविधानसभाको प्रक्रियालाई केहीदिन ढीलो गर्न र मधेसबाट सेना परिचालन फिर्ता लिएर वार्ताको वातावरण बनाउन नेतृत्वलाई सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?