+
+

नेपाल द्वन्द्वको संघारमा पुगेको भन्दै राष्ट्र संघलाई फोरमको चिठी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २३ गते १८:४७

२३ भदौ, काठमाडौं । तराई मधेसमा जारी आन्दोलनमा सरकारले दमन गरेर मानव अधिकार उल्लंघन गरेको भन्दै संघीय समाजवादी फोरम नेपालले संयुक्त राष्ट्र संघलाई गुहारेको छ ।

Upendra yadav-1सरकारका गतिविधि नेपालको संविधान, विद्यमान कानून र अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त विपरीत भएको भन्दै फोरम नेपालले राष्ट्र संघका महासचिव वान की मुनलाई पत्र पठाएको हो ।

राष्ट्रसंघीय आवासीय संयोजक जेमी म्याकगोल्डरिक मार्फत् मुनलाई पठाइएको पत्रमा राज्य आतंक र मानव अधिकार उल्लंघनका कारण नेपाल पुनः द्वन्द्वको संघारमा पुगेको उल्लेख छ ।

जनआन्दोलनदेखि मधेस आन्दोलनसम्म आइपुग्दा विभिन्न समूहसँग सरकारले गरेको सम्झौता र उठेका एजेण्डालाई समेटेर संविधान जारी हुनुपर्नेमा सत्तारुढ कांग्रेस र एमालेले एमाओवादीसँग मिलेर एकलौटी संविधान बनाउन खोजेको आरोप लगाइएको छ ।

राष्ट्र संघलाई पठाइएको पत्रमा फोरम नेपालले सेना र सशस्त्र प्रहरी परिचालन फिर्ता गर्नुपर्ने, विगतका सहमति लागू गर्नुपर्ने, आन्दोलनमा मारिएकाहरुलाई सहीद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने, घाइतेको उपचार गर्नुपर्ने माग गरेको छ ।

यसैगरी संसदको राज्य पुनर्संरचना समिति र उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा पहिले नै सहमति भइसकेका सिद्धान्तको आधारमा संघीय संरचना गठन गर्नुपर्ने माग पनि फोरम नेपालले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?