Comments Add Comment

ठकुरी सञ्जालको कार्यक्रममा राष्ट्रिय कलाकार कतार आउने

दोहा । ठकुरी सहयोग सञ्जाल कतारले दोहामा गर्न लागेका सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका दुई कलाकार कतार आउने भएका छन् ।

ramji-radhikaकार्यक्रममा ठकुरी समुदायका कलाकारद्वय राजजी खााड र राधिका हमाल कतार आउने भएको आयोजकले जनाएको छ । सञ्जालले दशैंको अवसरमा आगामी १६ अक्टोबरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

खाँडको देउरालीको भट्टी पसल, जिम्बल बाउकी छोरी तथा गायिका हमालको क्याम्पस पढ्न आउनी जस्ता गीत बढी चर्चित छन् ।

कार्यक्रममा स्थानीय कलाकारहरु रमा अर्याल, नानु घले, मोहन शाह, रितकुमार श्रेष्ठ, रेम कुमार लामा, सुरज बिसी, वाल कलाकार रबिना पोख्रेल लगायतले पनि आ-आफ्नो प्रस्तुती दिने कतार संवाददाता घनश्याम पराजुली (कृष्ण) ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment