Comments Add Comment

प्रेस युनियनको डिजिटल शाखा गठन

२६ भदौ, काठमाडौं । विभिन्न पार्टीनिकटका पत्रकार संगठनले अनलाइन पत्रकारहरुको छुट्टै कमिटी बनाउन थालेका छन् । यसैवीच कांग्रेस निकट नेपाल प्रेस युनियन केन्द्रीय समितिले डिजिटल मिडिया विभाग गठन गरेको छ ।

युनियनका केन्द्रीय सदस्य युवराज गौतमको संयोजकत्वमा गठित १५ सदस्यीय समितिको सह-संयोजकमा पुष्प दुलाल र सदस्य सचिवमा अक्कल कुँवर रहेका छन् ।

त्यस्तै सदस्यहरुमा चन्द्र काफ्ले, सागर घिमिरे, हरि कोइराला, सहदेव चौधरी, भिषण राई, गिरीराज बास्कोटा, काजी श्रेष्ठ, अर्जुन अधिकारी, बैकुण्ठराज पराजुली, सन्तोसी अधिकारी, सन्दीप योगी र सन्तोष श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment