+
+

भदौ २८ मा संविधान आउँछ, दिपावली गर्न तयार हुनुस् : विद्या भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २६ गते १६:३२

२६ भदौ, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले भदौ २८ गते संविधान जारी हुने भन्दै दिपावालीको लागि तयार भएर बस्न आग्रह गरेकी छन् ।

bidhya-Bhandariउनले भनिन्-अब संविधान बन्यो निश्चित हुनुस्, हामीले संविधानसभामा हस्ताक्षर गरेपछि भदौ २८ गते संविधान जारी हुन्छ । सबै दिपावली गर्न तयार भएर बस्नुस् ।’

तराईमा भइरहेको आन्दोलनलाई साम्प्रदायिक दंगातर्फ लान खोजिएको भन्दै उनले जनताको शान्ति सुरक्षाको लागि परिचालन गरिएकालेे सेना परिचालन फिर्ता नहुने बताइन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा भण्डारीले भनिन्-उपचार गर्न लगिएकोलाई मार्ने, पार्टी कार्यालयमा आगजनी गर्ने अनि सुरक्षा गर्न सेना ब्याक फोर्सको लागि आउन नहुने ? शान्ति सुरक्षाका लागि सुरक्षा परिचालन ठिक हो ।’

एमाले , काग्रेस र एमाओवादीले मधेसको प्रतिनिधित्व गर्दैनन् भन्ने कुरा हास्यास्पद भएको भन्दै प्रश्न गरिन-‘एमालेको यादव यादव नहुने, उनीहरुका यादव यादव नै रहने ?’

कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले आन्दोलनरत पक्षहरु वार्तामा आउनै पर्ने बताए ।

वार्तामा आएपछि सेना ब्यारेक फर्किने भन्दै उनले भने-‘बाहिर बसेर माग पुरा हुँदैन । मधेस आतंककारीको स्वर्ग बन्न थाले समस्या आउँछ । वार्ताको विकल्प छैन ।’ उनले ईच्छा शक्ति भए २४ घण्टा समय पनि समस्या समाधानको लागि धेरै भएको बताए ।

मधेस आन्दोलनमा राज्यले पनि दमन गरेको दावी गर्दै कांग्रेस नेता केसीले घुडामाथि गोली लाग्नु राज्य आतंक भएकोले त्यसको राज्यले जिम्मेवारी लिनु पर्ने र मधेसमा भइरहेका हिंसाको मधेसी मोर्चाले दाियत्व लिनु पर्ने बताए ।

एमाओवादीका नेता अग्नि सापकोटाले संविधानसभा लामो समयसम्म स्थगन गर्दा देशलाई फाईदा नपुग्ने भन्दै ४८ घण्टाको समयमा धेरै गर्न सक्ने तर्क गरे ।

मधेसको माग प्रष्ट नभएकोे भन्दै उनले भने-सप्तरीदेखि पर्सासम्म मधेसको पहिचान स्थापित भएको छ । थारुहरुको क्लस्टर क्षत विक्षत पारिएको छ, उनीहरुको माग सम्बोधन गर्न शीर्ष नेताहरु तयार हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?