Comments Add Comment

लाखौं पर्ने सि माला लुट्ने भारतीय र भुटानी पक्राउ

२७ भदौ, काठमाडौं । काठमाडौ बौद्धस्थित बौद्ध छोर्तेन होटलबाट उपेन्द्र लामीछानेको लाखौं पर्ने १५ थान सि माला लुट्ने भारतीय र भुटानी भीमफेदीबाट पक्राउ परेका छन् ।

भदौ २५ गते माला लुटेर भागेका ५ जनालाई महानगरीय अपराध महाशाखाले पछ्याउँदै गई ईलाका प्रहरी कार्यालय भीमफेदीको सहयोगमा मकवानपुर भिमफेदीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भुटान फुन्छोलिङका ३८ वर्षीय डि दोर्जे लामा, भारत जयगाउँ पश्चिम बंगाल बस्दै आएका भुटान फुन्छोलिङका ३२ वर्षीय छिरिङ लामा, भारत सिलगुडी रम्पासरीका ३१ वर्षीय असित सैबो, ३८ वर्षीय नहिर अलि र ३० वषर्ीय सरोज गुरुङ छन् ।

उनीहरुको साथबाट करीव २० लाख रुपैयाँ मुल्य पर्ने २ मुखे सि माला ४ थान, करीव २० लाख रुपैयाँ मुल्य पर्ने ३ मुखे सि माला १ थान, करीव ४० लाख रुपैयाँ मुल्य पर्ने ४ मुखे सि माला ४ थान, करीव ६ लाख रुपैयाँ मुल्य पर्ने ६ मुखे सि माला २ थान, करीव ३० लाख रुपैयाँ मुल्य पर्ने गोलो तालु सि माला ४ थान र अन्य सि माला जस्तो देखिने ९ थान बरामद भएको छ ।

१ सय दरको ५ सय ६७ थान नक्कली अमेरिकी डलरसमेत बरामद गरेको छ । उनीहरु सबैलाई वरामद दशीसहित आवश्यक कारवाहीको लागी महाशाखाले महानरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment