Comments Add Comment

बन्दले हवाई मार्गका प्रयोगकर्ता बढे

३० भदौ, मोरङ । मधेस केन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्दले हवाई मार्ग प्रयोगकर्ता बढेका छन् ।

एक महिनाभन्दा बढीको तराई बन्दले स्थलमार्ग पूरै ठप्प भएपछि सर्वसाधारणले विकल्पको रुपमा हवाई मार्गको प्रयोगकर्ता बढेका हुन् । दैनिक तीनदेखि चारपटकसम्म उडान भर्ने एअरलाइन्सले आफ्नो फ्लाइट सङ्ख्या बढाएर दैनिक सातपटकसम्म भर्ने गरेका छन् ।

विभिन्न चारवटा विमान कम्पनीमार्फत यात्रुलाई उडान अवतरण गर्दै आएकामा पछिल्लो समयको बन्दले ती सबै कम्पनीको उडान बढेको बुद्ध एअरका स्टेसन म्यानेजर कौशल भण्डारीले जानकारी दिए  ।

दैनिक नियमित उडानभन्दा झन्डै एक सय ५० जनाको हाराहारीमा नयाँ यात्रु एयरपोर्टसम्म आउने गरेका छन् । नियमित उडानसँगै चार्टर उडान पनि विराटनगर आउने क्रम उत्तिकै रहेको बताइन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका फ्लाइट अप्रेसन सेक्सनका प्रमुख भेषराज अधिकारी बन्दमा स्वाभाविक रुपमा यात्रुको सङ्ख्या बढेको देखिएको बताउँछन् ।

‘पहिला नियमित उडानमा पनि कमी आउने गरेकामा अहिले हरेक वायुसेवा कम्पनीले आफ्नो उडान बढाएका छन् ।’ उनले भने ।

बुद्ध एअरको दैनिक पाँच, यति एअरलाइन्सको चार, सौर्यको दुई र नेपाल वायु सेवा निगमको एउटा फ्लाइट हुँदै आएकामा अहिले नेपाल वायु सेवा निगमबाहेकका सबै विमान कम्पनीले दोब्बरजस्तो उडान भर्दै आएका छन् । बन्दका कारण हवाईयात्राको टिकट पाउन पनि मुस्किल पर्ने गरेको गुनासो यात्रुको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment