Comments Add Comment

संविधान पारित गर्ने मतदानमा एमाले सभासद राज्यलक्ष्मी गोल्छा गयल

Rajya-laxmi-Golchha

३० भदौ, काठमाडौं । संविधानको बिधेयक पारित गर्ने मतदानमा एमाले सभासद राज्य लक्ष्मी गोल्छा अनुपस्थित भएकी छन् ।

मत विभाजन भइसकेपछि एमालेका सभासदहरुले राज्यलक्ष्मी गोल्छालाई खोजे पनि उनी देखिइनन् ।

संविधानसभा बैठकमा प्रायः कहिल्यै नआउने र एक पटक पनि नबोलेकी गोल्छा मतदानमा नआएपछि एमालेमा खैलाबैला भएको छ । ‘यसबाट पार्टीको प्रतिष्ठामा असरमात्र परेको छैन, समानुपातिकमा कस्ता व्यक्तिलाई ल्याउने भन्ने गम्भीर प्रश्न पनि खडा गरेको छ’ सभासद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने ।

एमालेका सचेतक गोकुल घर्ती मगरले गोल्छा मतदानमा नआउनुको कारण सोधेर आवश्यक कारवाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment