Comments Add Comment

ओम फाइनान्सले साढे २८ प्रतिशत लाभांश दिने

om finance३१ भदौ, काठमाडौं । ओम फाइनान्सले आर्थिक बर्ष गत अार्थिक वर्षको नाफाबाट २७.०७ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर वापत १.४२ प्रतिशत नगद लाभांश सहित जम्मा २८.४९ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्विकृती र आंउदो साधारण सभाले पारित गरेपछि बितरण हुनेछ । बोनश सेयरपछि कम्पनीको चुक्ता पुँजी ४९ करोड ४५ लाख ८६ हजार रूपैयाँ पुग्ने प्रमुख कार्यकारी अधिकृत बुद्वि मल्लले जानकारी दिए ।

फाइनान्स सिटी डेभलपमेन्ट बैंक लिमिटेडसंग एक आपसमा मर्ज हुनको लागि मर्जर प्रक्रियामा रहेको छ । दुबै संस्था मर्जर भएपछि राष्ट्रियस्तरको विकास बैंक बन्नेछन् ।

फाइनान्सले गत बर्ष ४ अर्ब ८० करोड रूपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९४ करोड कर्जा विस्तार गरेको थियो । यस अवधिमा कम्पनीले २० करोड १७ लाख सञ्चालन नाफा गरेको थियो । निष्क्रिय कर्जा ०.६८ प्रतिशत र प्रति शेयर आम्दानी ३३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment