Comments Add Comment

मछिन्द्रनाथको रथारोहण दोस्रो पटक गरिँदै

४ असोज, काठमाडौं । गत वैशाखमा गएको भूकम्पका कारण हालसम्म स्थगित रहेको यसबर्षको बाह्रवर्षे जात्राका लागि रातो मछिन्द्रनाथलाई पुःन दोस्रो पटक सोमबार रथारोहण गराईँदैछ ।

दोस्रो पटक रथारोहण गर्ने प्रचलन नभएपनि भूकम्पका कारण निर्माण गरिएको रथमा क्षति भएकाले रथको पुनःनिर्माण गरी भोलि रथारोहण गर्ने तगारी रहेको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार ज्योतिषीको साइतअनुसार साढे नौ बजे विशेष बाजागाजासहित रथारोहण गरिनेछ । रथारोहणपछि पानेजुहरुले पुनः रथजात्रा सञ्चालनका लागि कुनै पनि समस्या नआओस् भनेर शान्ति पूजा, होम पूजा र क्षमा पूजा गर्नेछन् ।

रथको पुनःनिर्माण गरिएको स्थान छ्यासिकोटमा रथारोहण गरिसकेपछि मङ्गलबार अपराहृन २ बजेदेखि दोस्रो पटकको रथ जात्रा सुरु हुने गुठी संस्थानले बताएको छ ।

यसअघि पहिलो पटक गत वैशाख ६ गते रथ निर्माण गरिएको स्थान बुङ्मतीमा रथारोहण गरी वैशाख ९ गतेदेखि रथ जात्रा सुरु गरिएको थियो । यस वर्ष बाह्रवर्षे मेला परेकाले रथ निर्माणको काम भने गत बर्ष मङ्सिर महिनादेखि नै सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment