Comments Add Comment

भारतबाट के-के आउँछन् ? चीनबाट के-के ?

६ असोज, काठमाडौं । मधेसको माग सम्बोधन नगरी नेपालको संविधानसभाले नयाँ संविधान जारीगरेकोमा रुष्ट भारतले आफ्नो देशको सुरक्षाको स्थिति देखाउँदै नाकाबन्दीको चेतावनी नै दिइसकेको छ । भारतले साँच्चिकै नेपालमा आर्थिक नाकाबन्दी गर्‍यो भने के होला ?

unnamedव्यापारिक, राजनीतिक र सुरक्षाका दृष्टिकोणले नेपालसँग सम्बन्ध विगार्दा नेपाललाईभन्दा बढी भारतलाई नै क्षति हुने देखिन्छ । तर, यसको भरपुर फाइदा भने उत्तरको छिमेकी राष्ट्र चीनलार्इ हुन्छ ।

नेपालले करिब डेढ दर्जन वस्तुहरु भारत र चीन दुबै देशबाट आयात गर्दै आएको छ । भारतले नाकाबन्दी गरेको खण्डमा पक्कै पनि यी बस्तुहरु नेपालले चीनबाट ल्याउने छ ।

हुन त अहिले नेपालको कुल बैदेशिक व्यापारको दुइतिहाइ हिस्सा भारतसँग छ । पेट्रोल, खाद्यान्न, लत्ताकपडा, मेसिनरीलगायतका अत्यावश्यक उपभोग्य वस्तुहरुको आयात भारतबाटै हुन्छ । गत वर्ष मात्रै भारतबाट नेपालले ४ खर्ब ९१ अर्ब ६५ करोड रुपैयाँ बराबरका विभिन्न बस्तुहरु खरिद गरेको थियो ।

भारतको तुलनामा उत्तरी छिमेकी राष्ट्र चीनसँगको व्यापारको अवस्था अत्यन्तै कम छ । गत वर्ष चीनबाट नेपालले १ खर्ब १७ करोड रुपैयाँ बराबरका विभिन्न वस्तुहरु आयात गरेको थियो ।

पछिल्ला वर्षहरूमा नेपाली उपभोक्ताहरू अायातमा निर्भर हुँदै अाएका छन् । राजनीतिक संक्रमणका कारण मुलुकमा उत्पादनशील उद्योगहरू खुल्न नसक्दा वर्षेनी अायात बढेको हो ।  दक्षिणको छिमेकी राष्ट्र भारत र उत्तरको छिमेकी राष्ट्र चीनबाट नेपालले के-के बस्तुहरू र के-कति मूल्य बराबरको अायात गर्दै छ त ?

यी हनु भारतबाट आयात हुने बस्तुहरु

बस्तु रुपैयाँ
कृषि औजार तथा पार्टपुर्जा ९ अर्ब ४० करोड ७१ लाख
आल्मनियम वारलगायत ३ अर्ब १९ करोड ७६ लाख
बच्चाको खाना र दुध ४ अर्ब ६६ करोड
बिटुमिन ६४ करोड ९२ लाख
किताब तथा म्यागेजिन १ अर्ब ६५ करोड
रासायनिक मल ५ अर्ब ९५ करोड
रासायनिक ३ अर्ब ९ करोड
कोइला ६ अर्ब २१ करोड
कोलड्रोलेट सिट ७ अर्ब १७ करोड
ख्ाना पकाउने चुलो २४ करोड ५३ लाख
कस्मेटिक्स १ अर्ब ८६ करोड
कागजपत्र १ अर्ब १९ करोड
ड्राइसेल ब्याट्री ३ अर्ब ७४ करोड
विद्युतीय उपकरण १० अर्ब ७२ करोड
इनामेल तथा अन्य पेन्टस १ अर्ब ९० करोड
फलफूल ३ अर्ब ७० करोड
ग्लास तथा ग्लाससिट ३ अर्ब १५ करोड
हटरोल्ड सिट १३ अर्ब २६ करोड
इन्भेन्स स्टिक ७० करोड ५७ लाख
इन्सेक्टिसाइड १ अर्ब ७७ करोड
जीबीत पशु १ अर्ब ५५ करोड
एमएस बिलेट २६ अर्ब ३३ करोड
एमएस तारलगायत ५ अर्ब ३९ करोड
औषधि १७ अर्ब ८४ करोड
मेसिनरी पाटपुर्जा १८ अर्ब ८९ करोड
स्टेसनरी सामाग्री ५४ करोड ६३ लाख
कागज ५ अर्ब १४ करोड
पेट्रोलियम पद्धार्थ १ खर्ब १० अर्ब
पाइप एन्ड पाइप फिटिङ १ अर्ब ३४ करोड
प्लास्टिक २ अर्ब ६९ करोड
रेडियो र टिभीका डेक पाट १ अर्ब १८ करोड
कच्चा कटन १३ करोड
तयारी कपडा ४ अर्ब ६० करोड
धान/चामल २४ अर्ब ७६ करोड
नून १ अर्ब १६ करोड
स्यानीटरी वायर ३ अर्ब ३७ करोड
जुत्ता/चप्पल ७८ करोड ६७ लाख
स्टिल ५२ करोड
चीनी १९ करोड
चिया ७ करोड
टेक्सटाइल ३ अर्ब ८१ करोड
थ्रेड ७ अर्ब २१ करोड
सूर्ती जन्य पद्धार्थ २ अर्ब ४ करोड
टायर तथा ट्यूव ४ अर्ब ३२ करोड
तरकारी ७ अर्ब ९९ करोड
सवारी तथा पाटपुर्जा ४४ अर्ब १२ करोड
वायर प्रोडक्ट १ अर्ब २९ करोड
अन्य १ खर्ब ७६ करोड
कूल ४ खर्ब ९१ ऋर्ब ६५ करोड

यी हुन चीनबाट अायात हुने बस्तुहरू

बस्तु रुपैयाँ
आल्मुनियम स्क्रयाप, फ्लेक, फोइल, बार एन्ड रड्स १ अर्ब ४४ करोड
ब्याग ५४ करोड
क्यामेरा ४७ करोड
केमिकल १ अर्ब १९
रसायनिक मल ७ अर्ब ६२ करोड
कस्मेटिक २८ करोड
ड्राई सेल ब्याट्री १९ करोड ६१ लाख
इलेक्टि्रकल सामाग्री ९ अर्ब ९ करोड
बााध्ने पदार्थ २१ करोड ४१ लाख
लसुन ४५ करोड
ग्लासवेयर ९१ करोड
मेडिकल औजार तथा टुल्स १ अर्ब ६० करोड
औषधि ४७ करोड ५५ लाख
मेटल तथा काठका फर्निचर ७० करोड ३६ लाख
कार्यालय सामाग्री तथा स्टेशनरी ७५ करोड
अन्य मेसिनरी तथा पर्टस् ८अर्ब ३२ करोड ३४ लाख
अन्य स्टेशनरी ४५ करोड ७१ लाख
प्रफिन वाक्स २५ करोड ६२ लाख
पाइप एन्ड पाइ फिटिङ ४९ करोड २६ लाख
प्लाई वुड एन्ड प्राटिकल बोर्ड ३५ करोड ५० लाख
प्लाष्टिक पेज चिप्स ५ करोड
कच्चा रेशम १ अर्ब ५४ करोड
कच्चा उन ५२ करोड
तयारी पोशाक ४ अर्ब ८ करोड
तयारी चाउचाउको लागि मसला पाउडर तथा फ्लेवर ५ करोड
जुत्ता/चप्पल १ अर्ब ६८ करोड ५७ लाख
स्मार्ट कार्ड २२ करोड ५२ लाख
सोलार प्यानेल ७१ करोड
स्टिल रड एन्ड सिट ५५ करोड
स्टोरज ब्याट्री १ अर्ब ५ करोड
दूरसञ्चार उपकरण तथा पार्टस् १५ अर्ब ४० करोड
पोलिष्टर धागो ३५ करोड
खेलौना ५१ करोड
यातायात साधन तथा पार्टस् १ अर्ब ३२ करोड
टायर, ट्यूब एन्ड फ्लेप्स २० करोड
भिडियो, टेलिभिजन र पार्टस् ४ अर्ब ४४ करोड
वेल्डिङ रड्स २६ करोड
ग्हुाका उत्पादन १६ करोड
राइटिङ एन्ड पि्रन्टिङ पेपर ६४ करोड
अन्य वस्तुहरु ३० अर्ब ६३
कुल १ खर्ब १७ करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment