Comments Add Comment

पुँजी बढाउन ‘हैसियतले भ्याएसम्म’ बोनस सेयर घोषणा गर्दै बैंकहरु

पुष्प दुलाल

७ असोज, काठमाडौं । राष्ट्र बैंकले न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने घोषणा गरेपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी जुटाउने तीब्र दबाब परेको छ । पुँजी बढाउनकै लागि बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको नाफाबाट हैसियतले भ्याएसम्म बोनस सेयरको घोषणा गर्न थालेका छन् ।

bonus-shareत्यसो त राष्ट्र बैंकले चुक्ता पुँजी वृद्वि गर्ने योजना चित्त नबुझे नगद लाभांस वितरणमा रोक लगाउने चेतावनी नै दिइसकेको छ ।

राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा हाल कायम रहेकोभन्दा ४ देखि २५ गुणाले बढी चुक्ता पुँजी बढाउनुपर्ने गत साउन ७ गते ल्याएको मौद्रिक नीतिमार्फत व्यवस्था गरेको थियो ।

हालसम्म दर्जन बढी बैंक तथा वित्तीय संस्थाले अाफ्नो क्षमताअनुसार अधिकतम बोनस सेयर घोषणा गरेका छन् ।  गत आर्थिक वर्षको नाफाबाट कसले कति घोषणा गरे ? हेर्नुहोस्


citizen bankगत वर्ष ७२ कारोड रुपैयाँ कमाएको सिटिजनन्स बैंकले नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात् २६ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको छ । बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ८१ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । ०७४ असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४५ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ ।

sanima bankगत वर्ष ६० करोड ४० लाख रुपैयाँ कमाएको सानिमा बैंकले पनि सो नाफाबाट २६ करोड रुपैयाँ अर्थात चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयरको घोषणा गरेको छ । बोनस सेयर वितरणपश्चात यो बैंकको पनि चुक्ता पुँजी ३ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ । बिहीबर बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने निर्णय गरेको छ । हकप्रद सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ४ अर्ब ६० करोड रूपैयाँ पुग्ने प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । आगामी २ वर्षभित्र यो बैंकले पनि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन ४ अर्ब ४५ करोड रुपैयाँ थप्नुपर्ने हुन्छ ।

kailas-bikas-bank

त्यसैगरी, गत वर्ष २५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्रियस्तरको कैलाश विकास बैंकले सो नाफाबाट चुक्ता पुँजीको २४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बोेनस सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी १ अर्ब ११ रोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी ८९ करोड ५४ लाख रुपैयाँ छ । यो बैंकले ०७४ असार मसान्तमा २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने हुन्छ ।

siddrtha development bank

गत वर्ष २० करोड ९४ लाख रुपैयाँ नाफा कमाएको बैंकले सो नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस येसर दिने निर्णय गरेको छ । बैंकको चुक्ता पुँजी ८४ करोड ५० ला खरुपैयाँ छ । आगामी दुई वर्षभित्र १ करोड १४ लाख रुपैयाँ पुँजी थप्नुपर्ने हुन्छ । पुँजी बढाउन यो बैंक एकता विकास बैंक र नेपाल आवास फाइनान्ससँग मर्जर प्रक्रियामा गइसकेको छ ।

om

गत वर्ष १३ करोड १ ला खरुपैयाँ नाफा कमाएको ओम फाइनान्सले गत वर्षको नाफाबाट २७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ४९ करोड ४६ लाख रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ९२ लाख रुपैयाँ छ । यो कम्पनीले २ वर्षभित्र ४१ करोड ८ लाख रुपैयाँ थप्नुपर्ने हुन्छ । बोनस सेयर र हकप्रद सेयरबाटै तोकिएको चुक्ता पुँजी पुर्याउने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्वि मल्लले जानकारी दिए ।

Kaski Finance

गत वर्ष ६ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको कास्की फाइनान्सले गत वर्षको नाफाबाट १८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । चुक्ता पुँजी २८ करोड ३५ लाख रुपैयाँ छ । यो कम्पनीले आगामी दुई वर्षभत्रि ५१ करोड ६५ लाख रुपैयाँ थप्नुपर्ने छ ।mahalaxmi finance

गत वर्ष ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको बैंकले सो नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ आगामी दुई वर्षभित्र यो कम्पनीले ३८ करोड रुपैयाँ चुक्ता पुँजी थप गर्नुपर्ने छ ।

kamana bikas bank2गत वर्ष ६ करोड रुपैयाँ नाफा कमाएको कामना विकास बैंकले गत वर्षको नाफाबाट २२.६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ छ । आगामी दुई वर्षभित्र बैंकले ९२ करोड १७ ला खरुपैयाँ थप्नुपर्ने छ ।

sindhubikas bank

गत वर्ष १ करोड ७० लाख रुपैयाँ नाफा कमाएको सिन्धु विकास बैंकले सो नाफाबाट १२.५ प्रतिश बोनस सेयर दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी १० करोड १८ लाख रुपैयाँ छ । आगामी दुई वर्षभित्र बैंकले ४९ करोड ८२ लाख रुपैयाँ पुँजी थप्नुपर्ने छ ।

tinau bikas bank

गत वर्ष ४ करोड कमाएको तिनाउ विकास बैंकले सो नाफाबाट सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी १८ करोड ५१ लाख रुपैयाँ छ । आगामी दुई वर्षभित्र बैंकले ३१ करोड ४९ लाख रुपैयाँ पुँजी थप्नुपर्नेछ ।

नारायणी नेशनल

गत वर्ष १८ करोड ३० लाख रूपैयाँ नापाफ कमाएको नारायणी  नेशनल फाइनान्सले  सो नाफाबाट ७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ६८ करोड रुपैयाँ छ । आगामी दुई वर्षभित्रमा फाइनान्सले १२ करोड रुपैयाँ थप्नुपर्ने छ ।

युनाइटेड फाइनान्स

गत वर्ष ९ करोड ९ लाख रूपैयाँ नाफा  कमाएको युनाइटेड फाइनान्सले सो नाफाबाट १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।  हाल यो कम्पनीको चुक्ता पुँजी ४० करोड ३४ लाख रूपैयाँ छ । आगामी दुर्इ वर्षभित्र यो कम्पनीले ३९ करोड ६६ लाख रूपैयाँ थप गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment