Comments Add Comment

भारतीय नाकाबन्दीको असरः तेल अभाव टार्न जोर बिजोर प्रणाली लागू

९ असोज, काठमाडौं । भारतले अघोषित नाकाबन्दी घोषणा गरेपछि सरकारले तेल संकट टार्न सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । सरकारले सकेसम्म सार्वजनिक सवारी साधन प्रयोग गर्न समेत सबैलाई अपील गरेको छ ।

फाइल तस्वीरगृह मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर आइतबारबाट जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको जानकारी गराएको हो ।

आइतबारदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधनमात्रै सञ्चालन गर्न पाइने गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले अनलाइनखबरलाई जानकारी दिए । ‘आइतबारदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधनमात्रै सञ्चालन गर्ने व्यवस्था गरेका छौं । पेट्रोलियम पदार्थको अभाव चर्किएपछि यस्तो व्यवस्था गरिएको हो’ उनले भने ।

अत्यावश्यक सेवा एम्बुलेन्स, दुध, पानी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधानमा मात्र जोर विजोर प्रणाली लागू हुने छैन ।

असोज ३ मा संविधान बनेपछि असन्तुष्ट भारतले अघोषित नाकाबन्दी गरेको छ, जसले नेपालको आपूर्ति व्यवस्था समस्यामा परेको छ ।

नेपाल आयल निगमसँग अहिले देशभर २१ हजार लिटर पेट्रोलियम पदार्थ छ । जोर विजोर प्रणाली लागू भएपछि अहिले भएको मौज्दातले दुईदेखि तीन सातासम्म पुग्ने बताइएको छ ।

त्यसैगरी आयल निगमले इन्धन उपलब्ध गराउन नसक्ने भन्दै वैकल्पिक व्यवस्था गर्न विदेशी वायुसेवा कम्पनीलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment