+
+

फेसबुक लाइभ च्याटमा मोदी, नाकाबन्दीको कारण माग्दै सयाैं प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १० गते १९:१३

modi-With-Mark-Zuckerberg

१० असोज, काठमाडौं । एक वर्षअअघि नेपाल आउँदा चिल्लो भाषण गरेर नेपालीहरु माझ लोकप्रियता कमाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले नेपालीहरु माझ आलोचनाको पात्र बनिरहेका छन् ।

नेपालमा नाकाबन्दी लगाएर अमेरिकामा प्रजातन्त्रको दुहाइ दिइरहेका मोदीको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

नेपालमाथि लगाएको नाकाबन्दीलाई लिएर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा मोदीमाथि अनेकन टिप्पणीहरु भइरहे पनि उनले अहिलेसम्म मुख खोलेका छैनन् ।

यसैबीच, आइतबार बेलुकी उनी फेसबुकमा लाइभ च्याटका लागि उपस्थित हुने भएका छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार अमेरिकास्थित फेसबुकको प्रधान कार्यालयमा पुगेर मोदीले प्रत्यक्ष संवाद गर्ने छन् । 

जुकरबर्गले नेपाली समयअनुसार राति सवा १० बजे मोदीसित प्रत्यक्ष सम्वाद गर्ने जानकारी फेसबुकबाट दिएका थिए । उनले आफ्नो कमेन्ट बक्समा मोदीका लागि प्रश्नहरु सोध्न आग्रह गरेपछि नेपालीहरुले प्रश्नको वर्षा गरिरहेका छन् ।

कमेन्ट बक्समा आएका करिब ४० हजार प्रश्नहरुमा अहिलेसम्म केही सय नेपालीका छन् । उनीहरुले नेपालमा अन्तर्राष्ट्रिय कानूनविपरीत लगाएको नाकाबन्दीबारे मोदीसँग जवाफ मागेका छन् । धेरै प्रश्नकर्ताले नेपालमा नाकाबन्दी गर्नुको कारण के हो ? नेपालमा बनेको संबिधानले भारतलार्इ के हानी गर्यो जवाफ देउ भनेर प्रश्न गरेका छन् ।

modi-question

मोदीलार्इ फेसबुक अधिकारीहरूले नेपालसँग सम्बन्धित प्रश्न सोध्ने वा नसोध्ने यसै भन्न चाहिँ सकिन्न । हजारौंको संख्यामा नेपालसाग सम्बन्धित प्रश्न आएको खण्डमा भने मोदीलाई नेपालसाग सम्बन्धित प्रश्न सोधिन सक्छ ।
के तपाईं पनि मोदीलाई नेपालको नाकाबन्दीबारे प्रश्न गर्न चाहानुहुन्छ ? यो लिंकमा गएर आफ्ना प्रश्न राख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?