+
+

कावासोतीको इलेक्ट्रोनिक्स पसलबाट साढे चार लाखको सामान चोरी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ११ गते ११:३८

Susma-Ele११ असोज, नवलपरासी । नवलपरासीको कावासोतीमा रहेको सुष्मा इलेक्ट्रोनिक पसलमा आइतबारराति साढे चार लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आठ थान एलइडी टिभी र १२ हजार नगद गरी चार लाख ७२ हजार बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीका अनुसार चोरले घरको पछाडीको ढोका फोरर चोरी गरेको देखिएको छ । त्यहाँको च्यानल गेट भने घरधनीले लगाएका थिएनन् ।
चोरको खोजी भईरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय कावासोतीमा चोरीको घटना बढ्न थालेपछि गाउंगाउंमा गाउंलेहरुले सुरक्षा गस्ती गर्न थालेपछि चोरीको घटनामा कमी आएको भएपनि पुन चोरी भएको छ ।

चोरी भएको स्थान इलाका प्रहरी कार्यालय नवलपुरको कार्यालयदेखि एक मिटर पश्चिममा पर्दछ ।
रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?