Comments Add Comment

भारतले पछाडिबाट छुरा रोप्यो : युवराज ज्ञवाली

Yubraj-Gewali

निमुसंगम घर्ती
११ असोज, घोराही । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले छिमेकी देश भारतले पछाडिबाट छुरा रोपेर विश्वासघात गरेको टिप्पणी गरेका छन् । भारतको हस्तक्षेपबाट पाठ सिक्दै अब नेपाल आत्मनिर्भर बन्ने उपाय खोज्न नयाँ ढंगबाट लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रेस चौतारी दाङले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष ज्ञवालीले भने, ‘नेपालको संविधानमा असन्तुष्टि जनाएर अघोषित नाकाबन्दी गर्नु लाजमर्दो बिषय हो । छिमेकी विश्वासिलो राष्ट्रले पछाडिबाट छुरा रोपेको छ । यो कुनै पनि हातलमा ठीक छैन ।’

उनले अब अरु देशहरुसँग पनि नेपालले व्यापार बढाउनुपर्ने धारणा राखे । फरक मत राख्दै संविधान संशोधन गर्न सकिने बिषयमा पनि मधेस केन्दि्रत दलका नेताहरुले आन्दोलन गरेर राष्ट्रियतामा आँच आउने काम गरेको ज्ञवालीले आरोप लगाए ।

नेपालमा विश्वकै उत्कृष्ट संविधान बनेको दाबी गर्दै ज्ञवालीले पछाडि पारिएका, सीमान्तकृत एवं सबै जाजजातिको अधिकारलाई स्थापित गर्ने संविधानलाई कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment