Comments Add Comment

असल व्यवसायीक संस्कार प्रवर्द्धनमा जोड

Roundtable with SMEs Final
११ असोज, काठमाडौं । लघु, घरेलु तथा साना उद्योगीले सोमवार दिगो व्यवसायिक विकासका लागी व्यवसायीले पनि आफ्नो संस्कार सुधार गर्नु पर्नेमा जोड दिए । साथै उनीहरुले असल व्यवसायीक संस्कारमा बाधक रहेका कानून तथा आचरणमा सुधारका लागि अनुरोध गरे ।

‘आजको दिनमा साना उद्योगीले एकै किसिमका कच्चा पदार्थका लागि विभिन्न भंसारमा फरक फरक दरमा महसुल तिरीरहेको अवस्था छ । साथै, फरक कर कार्यालयले फरक कर तिराई रहेको अवस्था छ । नितीले प्रदान गरेको यस्तो कर्मचारीको स्वविवेकिय अधिकारको अन्त्य हुनुपर्छ’ लघु घरेलु तथा साना उद्योग व्यवसायी महासंघका अध्यक्ष सुरेश प्रधानले भने ।

एनसेलको सहयोग र ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपाल तथा घरेलु तथा साना उद्योग व्यवसायी महासंघको आयोजनामा सोमवार काठमाडौंमा भएको मध्यमाञ्चल क्षत्रिय गोष्ठिमा प्रधानले व्यवसायी आफैले पनि र सरकारी निकायमा कार्यरत सबैले जवाफदेहि भएर काम गर्ने परिपाटिको विकास गर्न जोड दिए ।

उनले व्यवसायीक वातावरणमा सुधार गर्न सरकारको नीति, कानून र जटिल प्रकृयाहरुले पनि समस्या सिर्जना गरेको बताए ।
‘सरकारी निकायमा हुने झन्झटिलो प्रकृयाले पनि व्यवसायिक संस्कारमा सुधार आउन नसकेको हो । सरकारी नीति र नियममा सुधार गर्न सकिए र व्यवहारमा जिम्मेवारी बोध भए व्यवसायीक संस्कारमा धेरै सुधार हुनेछ’ उनले भने ।

देशमा भ्रष्टाचार बढ्नुमा राजनीतिक अस्थिरता कारक भएको व्यवसायीले बताए । भ्रटाचार मौलाउनुमा नीजि क्षेत्रलाई मात्र जिम्मेवार बनाउन नमिल्ने जिकिर गर्दै भ्रष्टाचार अन्त्य गर्न राजनीतिक दल, प्रशासन, प्रहरी र नागरिकमा पनि सुधार हुनु पर्नेमा जोड दिए ।

‘अव्यवहारिक तथा अस्पष्ट कानूनी प्रावधान, अपारदर्शी प्रकृया र अनिर्णयको जवाफ दिन नपर्ने प्रवृत्तीले असल व्यवसायीक संस्कारको विकासमा चुनौति दिईरहेको अवस्था छ । यस्तो स्थितिको सुधार हुनु आवश्यक छ’ ईंटा व्यवसायी महेन्द्र बहादुर चित्रकारले भने ।

गोष्ठिमा व्यवसायीलेे तत्काल नाफा कमाउने भन्दा दूरगामी व्यवसायिक सोच लिनु आवश्यक रहेको बताए, तर राज्यले नै लघु, घरेलु तथा साना उद्योग व्यवसायलाई दोस्रो दर्जाको व्यवसायको रुपमा लिएको गुनासो व्यक्त गरे ।

‘व्यवसायमा असल संस्कार बसाउन सके भ्रष्टाचारको ‘सप्लाई साईड’ (आपूर्ती पक्ष) सम्बोधन हुने र यसले भ्रष्टाचार समेत घट्ने संसारभरको अनुभव छ’ ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालका अध्यक्ष भरत बहादुर थापाले भने ।

एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भ्रष्टाचार अत्यन्त गम्भीर समस्या रहेको बताउँदै यसको निराकरणमा व्यापारीक क्षेत्रको पनि महत्वपूर्ण जिम्मेवारी रहने बताए ।

‘त्यसैले एनसेलले ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालको उपस्थितिमा कुनै पनि प्रकारका भ्रष्टाचारमा संलग्न नहुने तथा व्यापारका सम्पूर्ण पक्षमा व्यवसायिक सुशासन तथा जवाफदेहिता सुनिश्चित गर्ने कटिवद्धता व्यक्त गर्दै सदाचार प्रतिवद्धता (इन्टिग्रिटी प्लेज) मा हस्ताक्षर गरेको छ । यसमा हामीले स्पष्टरुपमा पोलिटिकल डोनेसन -राजनीतिक चन्दा) नदिने तथा राज्यको कर लगायत अन्य कानूनको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएका छौं । यो हाम्रो तर्फबाट असल व्यवसायीक संस्कार प्रवर्द्धन तर्फ हार्दिक प्रयास हो’ शर्माले भने ।

देशमा भ्रष्टाचारको अवस्थाको निगरानी गर्दै आएको ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालले असल व्यवसायीक संस्कार प्रवर्द्धन गर्न एनसेलको सहयोगमा देशका विभिन्न क्षेत्रमा व्यवसायीक संस्कारको विद्यमान स्थिति तथा यसका चुनौतीहरुको पहिचान गर्न क्षेत्रीय गोष्ठीहरु ग्रिरहेको छ । यस अघि ट्रान्सपरेन्सीले नेपालगंज, विराटनगर, पोखरा र हेटौंडामा पनि क्षेत्रीय गोष्ठी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment