Comments Add Comment

तीन दलको सन्देश लिएर महन्थ मधेस झरे

१२ असोज, काठमाडौं । प्रमुख तीन दलको सन्देश लिएर मधेसी मोर्चाका नेता एवं तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महन्थ ठाकुर मधेस झरेका छन् ।

Mahantha-thakurठाकुरले मंगलबार आफ्नै निवासमा तीन दलीय वार्ता टोलीसँग वार्ता गरेका थिए । वार्तामा तीन दलले मधेसको मागबारे आफहरु गम्भीर रहेको भन्दै २/३ दिनभित्रै टुङ्गो लगाउने गरी छलफल गर्ने प्रस्ताव गरेका थिए ।

तर, ठाकुरले रौतहटको गौर जाने र मधेसी मोर्चाका नेताहरुसँग सल्लाह गरेर आउने बताएका छन् ।

स्रोतका अनुसार तीन दलले सकेसम्म नजान र नभए बुधबार मात्र जान आग्रह गरेका थिए । तर, ठाकुरले सल्लाह गरेर सकेसम्म भोलि साँझ नै र्फकने आश्वासन दिएका छन् ।

ठाकुर मधेसी मोर्चाले गौरको राइस मिल चौरमा हुने सभामा सहभागी हुनेछन् । त्यसक्रममा तीन दलले राखेको प्रस्तावबारे मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्ने योजनासहित ठाकुर मधेस लागेका छन् ।

यसअघि सोमबार पनि तीन दलीय वार्ता टोलीले तमलोपा अध्यक्ष ठाकुरसँग वार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment