Comments Add Comment

डिभी भर्ने हो ? भोलिबाट आवेदन खुल्दैछ

१३ असोज, काठमाडौं । सन् २०१७ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि बिहीबारबाट आवेदन दर्ता खुला हुने भएको छ ।

american-flagबिहीबार, नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट खुल्नेछ र कार्तिक १७ गते बन्द हुने काठमाडौं स्थित अमेरिकी दूताबासले जनाएको छ ।

डिभी चिट्ठामा आवेदनका लागि शुल्क लाग्दैन । अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ ।

दूताबासले विज्ञीति जारी गरेर भनेको छ, आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।’

डिभी चिट्ठामा आवेदन अनलाइनमार्फत भर्नुपर्नेछ । यसका लागि तोकिएको अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डिभी) आवेदन फारम भर्न सकिनेछ ।

आवेदन भर्दा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेछ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

डिभी चिट्ठको आवेदन भरेपछि कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नु पर्नेछ । डिभी परे नपरेको हेर्न त्यही कन्फर्मेसन नम्बर चाहिन्छ ।

२०१६ मे ३ वा त्यसपछिwww.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर डिभी परे नपरेको हेर्न सकिनेछ ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि डिभीका लागि छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना नपठाइने दूताबासले प्रष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment