Comments Add Comment

महेश्वरी समाजले बनाइदियो सिन्धुपाल्चोकमा विद्यालय

Maheshwori Samaj

१४ असोज, काठमाडौं । माहेश्वरी समाज काठमाडौंले सिन्धुपाल्चोकको जलवीरे बराम्चीमा रहेको रामेश्वर माध्यमिक विद्यालय पुनर्निमाण गरि विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । उक्त विद्यालय गत वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

आइतबार विद्यालयमा आयोजित हस्तान्तरण समारोहमा माहेश्वरी समाजका संयोजक रमेश तापडियाले पुननिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । माहेश्वरी समाजले उक्त विद्यालयका पाँचवटा भवनहरु पुनर्निमाण गरिदिएको हो ।

भवन हस्तान्तरण समारोहमा भारतबाट आएका सुरत मानव सेवा संघका उपाध्यक्ष राम नारायण चाँडक, निलय भाई र गोभक्त रामेश्वरलाल तापडियाको उपस्थिती थियो । त्यसैगरि माहेश्वरी समाजका पूर्व अध्यक्ष जय किसन शारदा, सह संयोजक अनिल राठी र विद्यालय पुनर्निमाणमा संयोजन गर्नु भएका डा. कोमल विक्रम थापा लगायतका पदाधिकारीहरुको पनि सहभागिता थियो ।

समारोहलाई सम्वोधन गर्दै संयोजक रमेश तापडियाले भूकम्पबाट सर्वाधिक प्रभावित विद्यालय पुनिर्निमाणमा आफ्नो सस्था संलग्न हुन पाएकोमा खुसी ब्यक्त गर्दै सहयोगका लागि विद्यालयका शिक्षक र स्थानीयहरुलाई धन्यवाद दिए ।

विद्यालयका प्रधानाध्यापक दीप बहादुर थापाले विद्यालय भवन पुनर्निमाण गरिदिएकोमा माहेश्वरी समाजलाई धन्यवाद दिए । उक्त विद्यालय जिल्लाकै उत्कृष्ट हो । गत बर्षको एसएलसी परिक्षामा विद्यालयले शतप्रतिशत नतिजा ल्याएको थियो ।

उक्त अवसरमा वरिष्ठ लोक गायक रमेश दुलाल, विद्यार्थीहरु र स्थानीय कलाकारले उपस्थित महानुभावहरुलाई लोकगीतबाट मनोरञ्जन गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment