Comments Add Comment

ट्राफिकले चालकलाई गाडी रोकाएर नमस्कार गर्ने

१५ असोज, काठमाडौं । सवारी चालक र ट्राफिक प्रहरीबीचको शत्रुतापूर्ण ब्यवहार अन्त्य गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले ब्यवहारमा परिवर्तन ल्याउने तयारी गरेको छ । चालक र ट्राफिकबीच बोलीचालीमै सुधार हुनुपर्ने बुझाइ महाशाखाको छ ।

trafic-policeबिहीबार महानगरी ट्राफिक प्रहरीवृत्त सातदोबाटोमा ट्राफिक प्रहरीलाई निर्देशन दिँदै महाशाखा प्रमुख डीआईजी जयबहादुर चन्दले ट्राफिक प्रहरीले शुरुमा आफ्नो बोलीचालीमै परिवर्तन ल्याउनुपर्ने बताए ।

ट्राफिक नियम मिच्नु कुनै फौजदारी अपराध नभएकाले कारबाहीपछि जरिवाना तिर्नुपर्ने र ट्राफिकको हप्किदप्की पनि खानुपर्ने ब्यहार ट्राफिक प्रहरीबाट हुन नहुने चन्दले बताए ।

ट्राफिक प्रहरीले चालकप्र तिगर्ने ब्यवहारमा सुधार ल्याउन सके चालकले दोहोर्याएर नियम नमिच्ने बुझाइ महाशाखाको रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।

चालकलाई तँ तँ र म-म गर्नुपर्ने अवस्था ठिक नभएकाले चालकलाई ट्राफिकले सभ्य भाषा प्रयोग गर्न चन्दले सुझाए । ‘चालकलाई तपाईँ भनेर सम्बोधन गरौं, रोकिसकेपछि सकिन्छ भने नमस्कार भनेर सम्बोधन गरौं’ चन्दले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment