Comments Add Comment

कार्टुनमा ल्याइएको डाँगीको शव कार्गोतिर लगेपछि…

Chanda-dbr-Dangi-Death-Body-(2)

१५ असोज, काठमाडौं । अमेरिकामा निधन भएका विश्वकै होचा नागरिकको रुपमा गिनिजबुकमा नाम लेखाएका चन्द्रबहादुर डाँगीको शव काठमाडौं ल्याइएको छ ।

एक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका उनले एक महिनाअघि उपचारका क्रममा निधन भएको थियो । मलेशीयन एयरलाइन्सबाट साढे ११ बजे बिमानस्थलमा ओरालिए पनि उनको शव बिमानस्थलबाट बाहिर निकाल्न दुई घन्टा लाग्यो ।

जहाज अवतरण भइसक्दा पनि लाश बाहिर नआएपछि प्रतिक्षामा बसेकाहरु घन्टौंसम्म अल्मलिए । भएछ के भने, काठको स्यानो बाकसलाई कार्टुनले र्‍याप गरेर पठाइएको शव विमानस्थलका कर्मचारीले सामान होला भन्ठानेर कार्गोतिर पठाइदिएछन् । बाकस र डाँगीको शव गरेर केवल ४५ किलो वजन थियो ।

Chanda dbr Dangi Death Body (1)

विगतमा लाशहरु आउँदा लामो बाकसमा देखेका कर्मचारीले उक्त कार्टुनलाई शव भनेर अनुमानै गरेनन् । हल्लाखल्ला भएपछि मात्रै डाँगीको शवलाई कार्गोबाट फिर्ता ल्याइएको थियो ।

डाँगीको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । त्यहाँ आज श्रद्धान्जलीका लागि राखेर भोलि दाङ लगिने भएको छ ।

यो पनि पढ्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment