+
+

माछापुच्छ्रे बैंक १६ बर्षमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते ११:०३

१८ असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकिङ्ग कारेावार शुरु गरेकोे १५ वर्ष पुरा गरी १६औं बर्षमा प्रबेश गरेको छ । पोखराबाट २०५७ सालमा बैंकिङ्ग कारेावार शुरु गरेको यस बैकले कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ र आˆनै ७१ वटा एटिएमबाट ४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

mblवार्षिकोत्सबका अवसरमा बैंकका विभिन्न शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यसरी संकलित रगत आवश्यक पर्ने ब्यक्तिहरुलाई उपलब्ध गराउन रक्त संचार केन्द्रलाई हस्तान्तरण गरीएको छ ।

२ अर्ब ९५ करोड १० लाख रुपैयाँ चुक्ता पुँंजी रहेको यस बैकले २०७१/०७२को असार मसान्तसम्म ४४ अर्व २० करोड ५६ लाख रुपैयाँ निक्षेप परिचालन गरी ३४ अर्व ८१ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो वर्षमा ६१ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

१६औं बर्षमा प्रबेश गरेको सुखद उपलक्ष्यमा संचालित कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले सम्पुर्ण ग्राहकवर्ग, सेयरधनी, कर्मचारी, नियामक निकाय एवम् सम्वन्धित सवैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ ग्राहकमुखी सेवा प्रदान गर्ने प्रतिवद्घता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?