Comments Add Comment

प्रधानमन्त्रीबारे निर्णय गर्न कांग्रेसले बैठक बोलायो

nepali congress

१८ असोज, काठमाडौं । नयाँ सरकारमा प्रधानमन्त्रीको दाबी गर्ने कि नगर्ने भन्ने सन्दर्भमा निर्णय लिन सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको छ ।

सभापति सुशील कोइरालाले असोज २० गते बुधवार बैठक डाकेको मुख्य सचिव ऋषिकेश तिवारीले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

कांग्रेसमा सरकारको नेतृत्व आफैं लिने कि पूर्वसहमति अनुरुप एमालेलाई छाड्ने भन्नेमा विवाद छ । कांग्रेसभित्रै पनि कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अलग-अलग दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment