Comments Add Comment

तातोपानी नाका बजेटको अर्थ मन्त्रालयले अभाव हुन नदिने

१८ असोज, काठमाडौं । कोदारी राजमार्गको स्तरोन्नति र पुननिर्माणका लागि अर्थ मन्त्रालयले बजेटको अभाव हुन नदिने जनाएको छ । अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गरेपछि अहिले धमाधम काम भइरहेको र मेशिन सञ्चालनका लागि डिजेल प्राप्त भएसम्म काम भैरहने सडक विभागले जनाएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

विद्यमान परिस्थितिलाई सहज बनाउन सरकारले विभिन्न संयन्त्रमार्फत दिनरात प्रयास गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

दक्षिणतर्फका नाकाबाट आउने सामानहरुको आपूर्तिमा समस्या देखिएको अवस्थामा उत्तरतर्फका नाकाहरु सञ्चालनमा ल्याउनुपर्ने जनचाहनालाई सम्वोधन गर्न कामलाई तीब्रता दिइएको हो ।

गत वैशाख १२ गतेको भूकम्प, त्यसपछिका पराकम्पन र लगत्तैको बर्षादका कारण तातोपानी जोड्ने कोदारी र केरुङ मार्ग अवरुद्ध भएका थिए । यी दुई मार्ग तथा नेपालभरका सडकहरुको मर्मत सुधार तथा पुननिर्माणका लागि नेपाल सरकार अर्थमन्त्रालयले सडक बोर्डलाई ५ अर्ब रुपैयाँ बजेटको व्यवस्था गरेको थियो । उक्त रकमबाट सडक बोर्डले सडक डिभिजन कार्यालयहरुमार्फत मर्मत र सुधारको काम गरिरहेको र थप बजेट आवश्यक नभएकोले सडक विभागले अर्थमन्त्रालयसँग बजेट माग नगरेको अर्थ मन्त्रालयले जनाएको छ ।

‘काम सम्पन्न भई रकम नपुग भएमा आवश्यक थप बजेट दिन अर्थमन्त्रालय सदैव तयार छ ।’ अर्थ मन्त्रालयका एक अधिकारीले भने । यसका अतिरिक्त अरनिको राजमार्ग व्यस्त ट्राफिक रुट भएकोले सडक फराकिलो बनाउने परियोजनाका लागि नेपाल र चीन सरकारबीच गत असारमा एक सम्झौता पनि भइसकेको अर्थ स्रोतले बतायो । सम्झौता अनुसार चीन सरकारले संभाब्यताका आधारमा रकम व्योहोरेर सडक विस्तारको काम गर्नेछ । रसुवा केरुङतर्फको सडक खुलाउने काम पनि भइरहेको ती अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment