Comments Add Comment

दुर्घटना रोक्न खोलाका लेउ सफा गर्दै प्रहरी

Tulsipur-Lamahi-Road

निमुसंगम घर्ती
१९ असोज, घोराही । सवारी दुर्घटना न्युनिकरण गर्न पानी मुनिको पुल भनिने कचवेमा जमेका लेउ दाङ प्रहरी र स्थानीयले सफा गरेका छन् ।

 कचवेमा जमेको लेउमा चिप्लिएर गाडीहरु दुर्घटना हुने भएकाले घोराही-तुलसीपुर र घोराही-लमही सडकखण्डमा पर्ने बिभिन्न खोलाका कचवे सरसफाइ गरिएको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए ।

पानीमुनिका पुल भनेर चिनिने दाङका झण्डै एक दर्जन खोलाहरुमा लेउ जमेर सवारीका साधनहरु चिप्लिएर दुर्घटना हुने गरेका छन् । घोराही-लमही सडकखण्डको सिस्ने र बबई खोलामा ट्राफिक प्रहरी र नेपाल प्रहरीले लेउ सफा गरेका छन् । त्यस्तै सेवार, पत्रे, गुज्रे, संक्राम र ग्वारखोलामा विभिन्न प्रहरी युनिटको टोलीले लेउ सफा गरेको छ ।

ग्वार खोलाको लेउ हटाउने कार्यमा हेमन्तपुर प्रहरी चौकी र विजौरी उद्योग वाणिज्य संघका पदाधिकारीको सहभागिता थियो ।

यस्तै इलाका प्रहरी कार्यालय नारायणपुरको आयोजनामा जिल्लामा कृयाशिल राजनीतिक दलहरु नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, राष्ट्रिय जनमुक्ति पार्टी र ट्राफिक प्रहरीको सहभागितामा गुज्रे र पत्रे खोलाको लेउ हटाइएको छ ।

खोलाका लेउमा चिप्लिएर बिभिन्न समयमा भएका सवारी दुर्घटनामा व्यक्तिहरुको ज्यान समेत जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment