Comments Add Comment

हायतस्थित प्राइड क्यासिनो सञ्चालनमा आयो

१९ असोज, काठमाडौं । ह्यात रिजन्सी होटलस्थित ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर’ नामक क्यासिनो सञ्चालनमा आएको छ । पर्यटन मन्त्रालयबाट आइतबार क्यासिनो सञ्चालन अनुमतिपत्र (लाइसेन्स) लिएको कम्पनीले सोमबारदेखि विधिवत् सेवा सुरु गरेको हो ।

Casionoयद्यपि क्यासिनोको विशेष उद्घाटन भने आगामी २९ गते गरिने बताइएको छ । सो क्यासिनोका तर्फबाट नेपाली व्यवसायी विनायक साह र भारतीय तरुण खट्टरले संयुक्त रुपमा क्यासिनो सञ्चालन गरेका हुन् ।

नयाँ क्यासिनो सञ्चालनसँगै ६ सय मजदुरले प्रत्यक्ष रोजगारी पाएको होटल क्यासिनो तथा मजदुर युनियनका उपाध्यक्ष जगतबहादुर खड्काले बताए ।

भूकम्पपछि करिब तीन महिना लामो प्रयासबाट कम्पनीले क्यासिनो सञ्चालनका लागि लाइसेन्स पाएको हो । यो नेपालमा सञ्चालित तीन ठूला क्यासिनोमध्ये तेस्रो भएको छ । यसअघि सोल्टी होटलस्थित ‘महाजोङ् सोल्टी’ र ‘साङ्ग्रीला क्यासिनो’ सञ्चालनमा आएका थिए ।

नेपालमा १० वटा पाँचतारे होटलमा क्यासिनो सञ्चालन छन् तीमध्ये काठमाडौँमा आठ र पोखरामा दुई वटा छन् । राजस्व विवादले लामो समयदेखि बन्द रहेका क्यासिनो अहिले काठमाडौँमा मात्र तीनवटा सञ्चालनमा आएका छन् भने अरु बन्द अवस्थामा छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment