Comments Add Comment

दाङमा दुई पुरुषको शव भेटियो

१९ असोज, घोराही । दाङमा पानीमा डुबेको अबस्थामा दुईजना शव भेटिएको छ । देउखुरीको लालमटिया र तुलसीपुरमा दुई पुरुषको शव भेटिएका हुन् ।

Dang-Mapतुलसीपुर नगरपालिका ८ कट्कुइयाँ निबासी ३५ वर्षीय माइतु चौधरी हात्तीगौंडा भन्ने स्थानमा कुलोमा डुबेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसिपुरले जानकारी दिएको छ ।

तुलसीपुरमा रहेको चस्मा पसल खोल्न भनेर घरबाट निस्किएका चौधरी मंगलबार बिहान घरदेखि करिब १ किलोमिटर टाढा कुलोमा मृत भेटिएका हुन् ।

यसैगरी देउखुरीको लालमटिया ३ भालुबाङस्थित राप्ती नदीमा एक पुरुषको शव भेटिएको छ । राप्ती नदिमा डुबेको अबस्था अन्दाजी ४५ वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । शवलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ ।
दुबै घटनाको अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment