Comments Add Comment

बारामा मोर्चाका कार्यकर्ताबाट सई कुटिए

Bara-Jitpur

  • मोर्चाका कार्यकर्ताहरुले इन्धन सडकमा पोखेर लगाएको आगो

२० असोज, बारा । बाराको जितपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रहरी नायव निरिक्षक (सई) कृष्ण बस्नेतलाई कुटपिट गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

भारतीय बजारबाट जर्किनमा सर्बसाधारणले ल्याउँदै गरेको पेट्रोल जितपुरस्थित ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएपछि विवाद सुरु भएको थियो । जर्किनको पेट्रोल सडकमा पोख्नुपर्ने मोर्चाका कार्यकर्ताहरुले बताए पनि प्रहरीले नियन्त्रणमा लिएर कार्यालयतर्फ लैजान खोजेपछि झडप सुरु भएको थियो ।

मोर्चाका कार्यकर्ताले प्रहरी नायव निरिक्षक कृष्ण बस्नेतलाई कुटपिट गर्दै जर्किनको पेट्रोल खोसेर आगो लगाएका छन् । उनीहरुले ईलाका प्रहरी कार्यलय जितपुरको बा १ ज ८२९९ नम्बरको गाडीमा तोडफोडसमेत गरेका छन् ।

मोर्चाका कार्यकर्ताहरु तोडफोड र आगजनीमा उत्रिएपछि नियन्त्रणमा लिने क्रममा झडप भएको ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक पुरुषोत्तम खड्काले बताए । झडपमा मधेसी मोर्चा र प्रहरी तर्फ गरी दर्जनभन्दा बढी घाइते भएका छन् ।

बस व्यवसायी, होटल व्यवसायीलगायतले भारतीय बजार रक्सौलबाट लुकीछिपी भित्राउने इन्धन र खाद्यान्न बिभिन्न समूहले लुटेर भण्डारण गरी ‘ब्ल्याक’मा बेच्ने गरेको पाइएको छ । यस्तो प्रवृत्ति बढ्दै गएपछि बारा प्रहरीले कडाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment