Comments Add Comment

बुधबारबाट टप १० समाचारः भारतीय दूताबासले तेल दानदेखि शेखरको चेतावनीसम्म

आज बुधबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. भारतले यस कारण कब्जा गर्न चाहन्छ फास्ट ट्रयाक 

मंगलबार साँझ ५ बजेदेखि राति पौने ९ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा गर्मागर्मी र चर्काचर्की बहस भयो । तर, यो बहस भारतले गरेको नाकाबन्दीजस्तो गम्भीर अन्तरराष्ट्रिय अपराधलाई कसरी सामना गर्ने विषयमा भएको होइन । 

२. मधेसी मोर्चाको बटमलाइन: तराईमा दुई प्रदेश, त्यो पनि हाताहाति  

नयाँ संविधानका जति बुँदामा संशोधन गरे पनि आन्दोलनरत मधेसी मोर्चाको बटमलाइन एउटै देखिएको छ । त्यो हो-तराई मधेशमा २ प्रदेश, त्यो पनि उधारो होइन हाताहाति ।

३. कांग्रेस बैठकमा शेखरले संविधान संशोधन नभई नाकाबन्दी खुल्दैन भनेपछि….  

भारतले गरेको अघोषित नाकाबन्दीबारे बोल्नुपर्ने भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा खैलाबैला मच्चिएको छ ।आगामी सरकारको नेतृत्व र १३ औं महाधिवेशनको मिति तय गर्न बुधबार बोलाइएको बैठकमा नेताहरुले नाकाबन्दीबारे पार्टीको आधिकारिक धारणा मागेका थिए । 

४. भारतीय दूतावासलाई तेल दिन युवाको जुलुस !

#DonateOilToIndainEmbassy (5)

‘भारतीय दूताबासमा तपाईंहरुलाई तेलको खाँचो भएको सुन्दा एकदमै दुःखी भयौं,’ लौनचौरस्थित भारतीय दूतावास अगाडि कालो चश्मा लगाएर उभिएका कर्मचारीसित लेनिन बन्जाडेले भने, ‘त्यसैले सहायताका लागि आएका हौं ।’

५. इटहरीबाट प्रचण्डले भने- एमालेमा गइँदैन, एमालेलाई ल्याइन्छ 

 माओवादीका अध्यक्ष प्रचण्डले नेकपा एमालेलाई आफ्नो पार्टीमा ल्याउने बताएका छन् । बुधबार सुनसरीको इटहरीमा कार्यकर्तालाई प्रशिक्षण दिन पुगेका प्रचण्डले एमाओवादी कुनै पनि हालतमा एमालेमा नमिसिने बताए ।

६. आन्दोलनमा समर्थन खोज्दै जनजाति नेताहरु भारतीय दुतावासमा

जनजाति आन्दोलनमा समर्थन खोज्दै केही आदिवासी जनजाति नेताहरु काठमाडौंस्थित भारतीय दूतावास पुगेका छन् ।पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनमा संलग्नमा नेताहरु बुधबार लैनचौरस्थित भारतीय दूतावास पुगेका हुन् ।

७. भारतीय दूतावासलाई तेल दान गरौंविश्वभर टप ट्रेन्ड 

नेपालमा अघोषित नाकाबन्दी गरेको भारतको काठमाडौंस्थित दूताबासले नेपाल आयल नियमसँग तेल मागेपछि समाजिक सञ्जाल ट्वीटरमा ‘भारतीय दूताबासले तेल दान गरौं’ अभियान विश्वभर ट्रेन्ड भएको छ ।केही दिनअघि भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा विश्वभर ट्रेन्ड भएको थियो ।

८. इन्धन आयातमा भारतको विकल्प खोजिँदै, आयल निगम गृहकार्यमा 

भारतले अघोषित नाकाबन्दी कायमै राखेपछि नेपाल आल निगमले अन्य मुलुकसँग तेल किन्न गृहकार्य अघि बढाएको छ । सरकारी निर्देशन अनुसार आयल निगमले भारतको विकल्प खोज्न लागेको हो ।

९. बैंकिङ क्षेत्रले २ वर्षमा कसरी थप्दैछ २ खर्ब २९ अर्ब चुक्ता पुँजी

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाअनुसार संख्या नघटाई पुँजी बढाउने हो भने आगामी दुई वर्षभित्र बैकिङ क्षेत्रले २ खर्ब २८ अर्ब ७० करोड रुपैयाँ पुँजी थप्नुपर्ने छ । जुन, हाल कायम रहेको बैंकिङ क्षेत्रको कूल चुक्ता पुँजीभन्दा दोब्बर बढी हो ।

१०. बोडी चोरेर खाँदा कट्टु खोलेर फालिदिए: शिवहरी पौडेल 

हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’का निर्देशक एवं कलाकार शिबहरि पौडेल हाँस्य क्षेत्रका स्थापित नाम हुन् । स्टेजवाट अभिनय सुरु गरेका पौडेलले टेलिश्रृङ्खला, फिचर फिल्म, विज्ञापन लगायत अरु धेरै विधामा काम गरेका छन् ।

 र, यो पनि

रक्सी छाड्न चाहनुहुन्छ ? पहिले चुरोट छाड्नुहोस्

तपाइँ धुम्रपान र मध्यपान दुबैको लतमा फस्नुभएको छ र तत्कालै रक्सी छाडिहाल्ने प्रयासमा हुनुहुन्छ भने तपाइँले रक्सी भन्दा पहिले चुरोट छाड्नेतर्फ ध्यान केन्द्रित गर्नु आवश्यक हुन्छ । एक नयाँ अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment